विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र व्यक्तिगत स्वार्थले गुटको राजनीति मौलाएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सचिवालय सदस्यसमेत रहेका श्रेष्ठले पार्टीमा व्यक्तिगत स्वार्थमा आधारित गुट र गिरोहलाई निरुत्साहित बनाउन आवश्यक रहेकोमा जोड दिए ।


ADVERTISEMENT


उनले सरकारले गरेको कामको मूल्यांकन गर्ने समय भइ नसकेको भन्दै कामको समीक्षा गर्न सुझाव पनि दिए ।


ADVERTISEMENT

# # #


अर्को एक प्रसंगमा नेता श्रेष्ठले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषी पक्राउ गर्न नसक्नु दुःखद भएको बताए । उनले अपराधी पत्ता लगाउन सरकारले केही नगरेकोजस्तो देखिए पनि भित्रभित्रै अनुसन्धान भइरहेको दाबी गरे ।उनले घटनामा संलग्नलाई पक्राउ गरेरै छाड्ने प्रतिबद्धता पनि व्यक्त गरे ।