काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने भ्रमणको लागि आज युरोप जाँदै छिन्।


ADVERTISEMENT


पोल्याण्डको कातोविचमा भोलिदेखि हुने जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम कोप २४ मा सहभागी हुन उनीआज त्यसतर्फ जान लागेकी हुन् ।


ADVERTISEMENT

# # #


राष्ट्रपति भण्डारी दिउँसो १२ बजे त्यसतर्फ जाने कार्यक्रम छ । पोल्याण्डमा रहँदा उनले राजनीतिक भेटघाट पनि गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । राष्ट्रपति भण्डारी आउँदो बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।