मलेखु, धादिङ– पृथ्वीराजमार्ग अन्तर्गत जोगिमाराको हुग्दी खोलामा आज बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बरुण सिंहकाअनुसार काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३१२३ नं को ट्रक हुग्दी खोलामा पल्टिँएर दुर्घटना भएको हो ।


ADVERTISEMENT

# # #


दुर्घटनामा चालक बारा जिल्ला गढीमाई निवासी नरबहादुर खत्री सहचालक जीवन लामा र ट्रकमा सवार यात्रु सञ्जु राईको मृत्यु भएको छ ।

खत्री ट्रक धनी हुन् । अत्याधिक गतिमा गुडेको ट्रक सडकबाट खोलामा खसेर दुर्घटना भएको थियो ।