काठमाडौं । काठमाडौँमा जारी एसिया प्यासिफिक समिट आइतबार सकिँदैछ । औपचारिक रुपमा शनिबारदेखि सुरु भएको समिट आइतबार काठमाडौँ घोषणापत्र जारी गर्दै समापन हुनेछ ।


ADVERTISEMENT


त्यसअघि दुई सेसनमा विविध विषयमा छलफल हुनेछ । पहिलो सेसनमा सहभागी देशहरुले जलवायु परिवर्तनका सम्बन्धमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् ।


ADVERTISEMENT

# # #


यस्तै दोस्रो सेसनमा शान्ति र अन्तर्राष्ट्रिय सम्बन्धमा सञ्चारको भूमिकाबारे छलफल हुने कार्यतालिका रहेको छ । त्यसपछि घोषणापत्र जारी गर्दै समिट सकिनेछ ।

समिटमा सहभागी हुन सात देशका प्रतिनिधिहरु अहिले काठमाडौँमा छन् । सरकारी कार्यक्रम नभए पनि यसमा सरकारको संलग्नता अनावश्यक रुपमा बढी देखिएको भन्दै आलोचना भइरहेको छ ।