काठमाडौँ– यही २२ गतेदेखि काठमाडौँमा हुने तेस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि साविक विजेता विराटनगर वारियर्सले चार जना विदेशी खेलाडी भित्र्याएको छ ।


ADVERTISEMENT


सोमबार एक विज्ञप्ती जारी गर्दै विराटनगरले नेदरल्याण्डका पउल भान माक्रिन, रोयलोफ भान देर मार्वी, हङकङका बाबर हायात र भारतका स्मित पटेललाई अनुबन्ध गरेको जनाएको हो ।


ADVERTISEMENT

# # #


गत वर्षको संस्करणमा विराटनगरलाई उपाधी दिलाउन महत्वपूर्ण भूमिका खेलेका बाबर हायात आक्रमक खेलाडीका रुपमा चिनिन्छन् । नेदरल्याण्डसका अलराउन्डरले रोयल्फ भान मार्भीले १३ वटा एक दिवसीय खेलमा १७ विकेट लिएका छन् भने २५ टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले ३१ विकेट र २११ रन बनाएका छन् । यस्तै उनले १७३ लिस्ट ए खेलमा २३६ विकेट र २६५२ रन बनाएका छन् ।

नेदरल्याण्डसकै अर्का तीव्र गतीका बलर पउलले २३ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा २० विकेट लिएका छन् । ४ वटा एक दिवसीय खेल खेलेका उनीसंग ४४ लिस्ट ‘ए’ मान्यताप्राप्त खेल खेलेको अनुभव छ ।
अर्का खेलाडी स्मितलाई भारतको गुजरातबाट अनुबन्ध गरेको छ ।

पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्समा वसन्त रेग्मी, करण केसी, अनिल कुमार शाह, आशिफ सेख, पुष्प थापा, राम नरेश गिरी र विनोद लामा रहेका छन् । यस्तै रोबिन क्षेत्री, सुमित महर्जन, हरिबहादुर चौहानले पनि इपीएल विराटनगरबाट खेल्दैछन् ।

यसअघिको संस्करमा विराटनगरका लागि हङकङका बाबर हायात, अंशुमान राथ र भारतका सहान अदेशाले इपीएल खेलेका थिए ।

प्रशिक्षकमा भारतका उमेश पटवाल

विराटनगरले प्रमुख प्रशिक्षकमा नेपाली क्रिकेटलाई नजिकबाट नियालेका भारतका उमेश पटवाललाई नियक्त गरेको छ । उनी गत मार्चमा जिम्बावेमा भएको विश्कप छनोटमा नेपाली टोलीको ब्याटिङ प्रशिक्षक भएर समेत काम गरेका थिए ।

मुम्बईका पटवाल सन् २०१४ मा टी-२० विश्वकपको समयमा अफगानिस्तानको ब्याटिङ कोच थिए । उनले अफगानिस्तानको लिग टिममा आवद्ध टिममा प्रशिक्षकको भूमिका पनि निभाएका थिए ।

उमेश पटवालले गत कार्तिकमा पोखरामा भएको पोखरा प्रीमियर लिगमा टूर्नामेन्ट डाइरेक्टर रुपमा काम पनि गरेका थिए ।