काठमाडौँ– एनआईसी एशिया बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सुधिरनाथ पाण्डे नियुक्त भएका छन् । सोमबार बसेको ३८० औं सञ्चालक समितिको बैठकले यसअघि सहायक प्रमुख कार्यकारी अधिकृतमा काम गरेका पोण्डेलाई बढुवा गरेको हो ।


ADVERTISEMENT


२०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ्ग सेवामा प्रवेश गरेका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले विभिन्न बैंकहरु तथा यस एनआईसी एशिया बैंकको विभिन्न विभागहरुमा लामो समय देखि विभागीय प्रमुखको भूमिका कुशलतापूर्वक निर्वाह गर्दै आएका छन् ।


ADVERTISEMENT

# # #


नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेसंगै बैंकको दीर्घकालीन रणनीति तर्जुमा तथा सोको प्रभावकारी कार्यान्वयनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन् ।

आजैदेखि नबनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले “बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने बैंकको मूल नारालाई आत्मासाथ गर्दै समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय अभियानमा बैंकको तर्फबाट उल्लेखनीय योगदान पुर्याउने प्रतिवद्धता जनाए ।

बैंकले मुलुकभर २६८ शाखा तथा २८१ एटीएमसहित देशकै सबैभन्दा बढी शाखा सञ्जालबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।