दाङ । पछिल्लो समय दाङबाट गोरु तस्करी गरेर शबाहिर लैजाने क्रम ह्वात्तै बढेको छ ।


ADVERTISEMENT


यसअघि सेटिङमा भारतबाट गोरु नेपाल भित्र्याएर तेस्रो मुलुक बंगलादेश लैजाने गरेकोमा अहिले दाङबाट पूर्वी नेपालको बाटो हुँदै बंगलादेश लैजान थालिएको हो ।


ADVERTISEMENT

# # #


यसैबीच गोरु तस्करीको विषयमा दाङमा झडप भएको छ । राजपुर गाउँपालिका–४ वसन्तापुरमा गोरु ओसारपोसारमा संलग्न व्यक्ति र स्थानीयबीच विवाद भएको हो ।

झडपमा स्थानीयले सबैलाई लखेटेको र तस्करका सहयोगीको मोटरसाइकल जलाइदिएको स्थानीयले बताएका छन् ।