काठमाडौं । नेपाल प्रहरीका एआईजी धीरू बस्न्यातले खेलका माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने खेलाडी तयार पार्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


दशौं पूर्णमान बर्जाचार्य स्मृति दिवसको अवसरमा शनिबार राजधानीमा आयोजित राष्ट्रिय खुल्ला (नगद पुरस्कार) टेबल टेनीस प्रतियोगितामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बस्न्यातले यस्तो बताएका हुन् ।


ADVERTISEMENT

# # #


खेलकै माध्यमबाट एकता, अनुशासन, स्वास्थ्य सँगै शारीरिक र मानसिक रूपले तन्दुरूस्ती राख्ने भन्दै बस्न्यातले यस्को विकासका लागि नेपाल प्रहरी दत्तचित्त भएर लाग्ने समेत बताएका छन् ।

कार्यक्रममा बिजयी खेलाडीहरूलाई पुरस्कार बितरण समेत गरिएको थियो ।