काठमाडौं । सहिद स्मारक ए डिभिजन अन्तर्गत मंगलबारदेखि छैटाैँ चरणका खेल हुँदैछन् । मंगलबार हुने दुई खेल मध्ये पहिलो खेलमा एपीएफ र न्यूरोड टिम खेल्नेछन् ।


ADVERTISEMENT


एपीएफले एक खेलमा जित, एक खेलमा बराबरी र तीन खेलमा हार बेहोर्दै चार अंक बटुलेको छ भने छैठोैँ चरणसम्म आइपुग्दा एनआरटीले एक खेल बराबरी र लगातार हार बेहार्दै एक अंकमा सीमित छ ।


ADVERTISEMENT

# # #


सातदोबाटोकाे एन्फा कम्पलेक्समा हुने खेलमा एनआरटी लिगमा पहिलो जितको खोजिमा रहनेछ भने यस अघिको खेलमा थ्रीस्टारसँग पराजय ब्यहोरेको एपीएफको लक्ष्य तीन अकं जोड्नु हुनेछ ।

दोस्रो खेलमा तालिकाको पाँचौँ स्थानमा रहेको नेपाल पुलिस र सरस्वती क्लब खेल्नेछ ।

नेपाल पुलिसले तीन खेलमा जित, एक बराबरी र एक हार बेहोर्दै १० अंक जोडेको छ भने सरस्वतीले भने ३ खेलमा हार २ खेलमा जित हात पार्दै ६ अंक बटुलेको छ ।

अहिलेसम्म छैठौँ चरण सम्म आइपुग्दा अपराजित यात्रा कायम राखेको मनाङ १५ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ भने पहिलो खेलमा बराबरी र चार वटै खेलमा जित दर्ता गरेको आर्मी भने १३ अंक सहित दोस्रो स्थानमा छ ।