दोस्रो चरणको निर्वाचनको मिति नजिकिएसंगै विभिन्न राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका छन् । पहिलो चरणको निर्वाचनमा दोस्रो बनेको सत्तारुढ दल नेपाली कांग्रेस यस पटकको निर्वाचनमा पहिलो बन्ने दाउमा निर्वाचनको तयारी गरिरहेको छ । आफ्ना माग पूरा नभएको भन्दै निर्वाचनको विरोध गरिरहेको राजपाका नेताले केही जिल्लामा स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।  पहिलो चरणको निर्वाचनमा पहिलो पार्टी बनेपछि नेकपा एमालेलाई थप हौसला मिलेको छ । नेकपा एमालेको पक्षमा मत माग्न एमालेको भातृसंगठन युवासंघले तराईका विभिन्न जिल्लामा चुनावी अभियान सम्पन्न गरेको छ । अबको निर्वाचनलाई युवासंघ नेपालले कसरी लिएको छ ? तराईका जिल्लामा निर्वाचनको वातावरण कस्तो छ ? नेकपा एमालेले चुनावको तयारी कसरी गरिरहेको छ ? लगायत मूलुकको समसामयिक विषयमा नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालका अध्यक्ष राजीव पहारीसँग हिमालयपोष्टले गरेको कुराकानी


ADVERTISEMENT


दास्रो चरणको निर्वचन हुन लागेका प्रदेशमा युवा संघ नेपालले राजनीतिक अभियान आयोजना गरेको छ । भर्खरै तपाई त्यहाँ पुगेर आउनु भएको छ । तराई मधेशमा निर्वाचनको वातावरण कस्तो पाउनु भयो ?


ADVERTISEMENT

# # #


दुई नम्बर लयायतका प्रदेशमा निर्वाचन अयोगले दास्रो चरणमा असार १४ मा चुनाव गर्न सकिन्छ भनिरहेको थियो । प्रहरी प्रशासनले पनि हामी तयार छौँ, सुरक्षा दिन सक्छौँ भनिरहको थियो । तर, अकस्मात चोर बाटोबाट वर्तमान सरकारले बिना कारण, बिना आधार २ नम्बर प्रदेशको निर्वाचन असोज २ गते गर्ने भनेर निर्वाचन आयोग, प्रमुख प्रतिपक्षी नेकपा एमालेसंग कुनै सल्लाह नगरी जुन निर्णय गरेको छ । यो अत्यन्त गलत निर्णय थियो ।

२ नम्बर प्रदेश शान्त रहेका बेला बाहिर यहाँ निर्वाचन गर्न सकिदैन भन्ने खालका हाउगुजी फैलाएर सरकारले त्यहाँका जनतामाथि घोर अपमान गरेको छ । अन्य प्रदेशमा असार १४ मा निर्वाचन गर्नसक्ने सरकारले २ नम्बर प्रदेशका जनतामाथि सौतेनी छोरामाथि गरिने खालको व्यवहार गरेको छ । यसका विरुद्धमा त्यहाँका जनता आक्रोशित छन् । पटकपटक निर्वाचनको मिति सारेर जनतामाथि अन्याय गर्ने सरकालाई निर्वाचन मार्फत दण्डित गछौँ भन्ने खालका अभिव्यक्तिहरु २ नम्बर प्रदेशका जनतामा पाइन्छ । र बाँकी प्रदेशमा आम जनताको व्यापक रुपमा निर्वाचनप्रति उत्साह छ ।

त्यहाँका जनतामा मुलुकको विकासका निम्ति, मुलुक जोगाउनका निम्ति यसपटक एमालेलाई विजयी गराउनु पर्छ भन्ने खालका सोच पलाएको छ । संविधान संशोधनका नाममा सरकारले पहिलो चरणको निर्वाचन पनि गर्न चाहेको थिएन तर नेकपा एमालेको चट्टानी अडानका कारण त्यो सम्पन्न भयो र दास्रो चरणको निर्वाचन पनि निश्चत भएको छ । यस कारण दास्रो चरणको निर्वाचनमा नेकपा एमाले ६० प्रतिशत स्थानमा विजय हासिल गर्दैछ ।

तराई मधेशमा पनि सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचनमा तालमेल गर्दैछन् । यस क्षेत्रमा फेरी नेपाली कांग्रेस बलियो मानिन्छ भने तपाई कसरी एमालेले ६० प्रतिशत स्थानमा जित हासिल गर्ने भनिरहनु भएको छ ?

हेर्नुस्, पन्ध्र बीसवटा स्यालहरुले हुल बाँध्दैमा सिंहलाई कुनै असर पर्दैन, दुई चारवटा माकुराले जालो लगाउँदैमा हात्तीलाई रोक्न सकिदैन । एमाले पनि अहिले त्यही रुपमा उदाएको छ । पहिलो चरणको निर्वाचनमा पनि नेकपा एमालेसंग राजनैतिक, वैचारिक, सांगठनिक रुपमा प्रतिस्पर्धा गर्न नसकेर दोलखा, काभ्रे लगायतका ठाउँमा एमालेका कार्यकर्ताको हत्या गरियो । त्यसपछि कांग्रेस–माओवादीले गठबन्धन गरे तर त्यो पनि सफल हुन सकेन ।

अब अहिले काग्रेस माओवादी लगायत अन्य साना दलमिलेर आउँदै छन् । त्यसले नेकपा एमालेलाई कुनै असर पार्दैन । बरु एमालेसंग प्रतिस्पर्धा गर्न नसकेपछि अरु घटना घटाएर यो निर्वाचनलाई भाँड्न सकिन्छ कि, बिथोल्न सकिन्छ कि ? भनेर कांग्रेस माओवादीले आपराधिक खालका मानिसहरुलाई प्रयोग गरेर समाजमा अराजकता फैलाउने काम गरेका छन् । यदी यस्ता खालका गतिविधी बढ्दै जाने हो भने युवासंघ नेपाल चूप लागेर बस्दैन । जस्तालाई त्यस्तै कसरी गर्न सकिन्छ भनेर युवा संघ नेपालले रामैसंग जानेको छ ।

जुन कुरा वाइसीएलको ज्यादतीको बेला तिनलाई ठेगान लगाउने कुरामा, नाकाबन्दीको बेला, तराई आन्दोलनका बेला बिखण्डनकारीलाई साइजमा ल्याउने कुरामा प्रमाणित भइसकेको छ । निर्वाचन सम्पन्न गर्नका लागि हामी संयमित भएको छौ । तर त्यो संयमतालाई सरकारले कमजोरी ठान्ने प्रयास गर्यो भने त्यसको सम्मूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ ।

पहिलो चरणको निर्वाचनमा जुन रुपमा चुनावी अभियान तथा मतदानका क्रममा र मत गणनाका क्रममा भएका उच्छृङ्खल गतिविधिहरु दोस्रो चरणको निर्वाचनमा पनि दोहारिने कुरामा नेकपा एमाले कत्तिको सजक छ ?

यसमा हामी एकदमै सजक छौँ र हुनुपनि पर्छ तर बुढी मरी भन्दा पनि काल पल्क्यो भन्ने कुरा छ । जस्तै भरतपुरको घटना कांग्रेस– माओवादी गठबन्धनकी मेयर उम्मेद्वार रेणु दाहाल हार्ने कुरा निश्चित भइसके पछि त्यहाँको निर्वाचन अधिकृतलाई प्रयोग गरेर जुन ढंगबाट ९० वटा मतपत्र च्यातियो र त्यसका आधारमा निर्वाचन नियमावलीको अपव्याख्या गर्दै निर्वाचन आयोगले जुन किसिमको निर्णय गरेको छ ।

यो सबै सेटिङ्गको हिसाबले चल्ने काम गरेको यसले व्यापक रुपमा शङ्का उत्पन्न गरेको छ । त्यही भएर त हामी संयमित र जिम्मेवार भएका छौँ । टिकापुर घटनामा ९/९ जना राष्ट्रसेवक प्रहरीको हत्या गर्ने मुख्य योजनाकार तथा प्रहरीको ‘मस्ट वान्टेड’ अपराधी रेशम चौधरीलाई सरकारले एक करोड ७४ लाख रुपैया दिएको छ । यो सरकार गुण्डागर्दीको संरक्षणकर्ताका रुपमा अगाडी बढेको छ । त्यही भएर त हामी सचेत भएका छौँ, गम्भीर भएका छौँ । यदि युवासंघ नेपाल गम्भीर नहुने हो भने त यहाँ रक्तपात हुने अवस्था सिर्जना हुन्छ ।

तपाईहरुको तराई मधेश भ्रमणले दोस्रो चरणको निर्वाचनमा नेकपा एमालेको स्थान कस्तो हुने रिर्पोट ल्याएको छ ?

मैले माथि नै भनिसकेँ, कि टोटलमा ६० प्रतिशत जित्छ भनेपछि एमालेले ‘फस्ट डिभिजन’ ल्याने कुरा भयो नि । र पहिलो हुने कुरामा कुनै दुविधा नै छैन । सम्पूर्ण शक्तिहरु मिल्दापनि एमालेले पूर्ण बहुमत ल्याउने भइसकेपछि नै यो सड्यन्त्र भइरहेको छ । तर म के भन्न चाहान्छु भने निर्वाचन चाहे असोज या कार्तिक जहिले गरेपनि नेकपा एमाले पूर्ण बहुमतका साथ विजय हासिल गर्छ । त्स्तो वातावरण निर्माण गर्नमा युवा संघ नेपाल लागेको छ । म लगायत मेरो टिम देशव्यापी अभियान गरेर आयौँ । २ नम्बर प्रदेशमा आगो बलिरहेका छ भन्ने हल्ला फिजाइएको छ । मधेश केन्द्रित दलले हड्ताल गरिरहँदा पर्सा, कलैया सिमराबजार लहानमा हामी गएका थियौँ त्यहाँ पहाडभन्दा पनि शान्त छ । कोठामा बसेर प्रेस विज्ञप्ती निकाल्दैमा, सिरानीमा लुकेर एउटा झण्डा जलाउँदैमा तराई अशान्त हुँदैन

तर, नेपाली कांग्रेस, माओवादी लगायत मधेश केन्द्रित दलहरुले नेकपा एमाले मधेश विरोधी भन्ने आरोप लगाएका छन् नि ?

यस्ता वाइयात कुराको के नै अर्थ छ र । सबैभन्दा तराई मधेशको विकासको निम्ति, समृद्धिको निम्ति काम नेकपा एमालेले नै गरेको छ । तराई मधेसमा घरबारबिहीन जनताको निम्ति जनता आवास कार्यक्रम कसले ल्यायो ? फास्ट ट्रयाक निर्माणको अगुवाई एमालेले गरेको होइन ? तराई मधेशमा एकमुष्ट ९ अर्ब बजेट छुट्याउने काम ओली सरकारले गरेको होईन ?

तराई मधेशमा भएका सामाजिक असमानता तथा विकृतीहरुको अन्त्य गर्ने कुराको नेतृत्व एमालेले गरेको होइन ? त्यसकारण नेकपा एमाले कसरी मधेश विरोधी भयो ? मधेशी जनताको मुक्तिदाता हुँ भनेर त्यहाँका जनतालाई जुकाले झैँ चुसीरहने, आफ्नो बाबु भन्दापनि २ वर्ष जेठो भएका, छिमेकी मुलूकबाट टुरिस्टको रुपमा नेपाल घुम्न आएका र यहीँ आफ्ना दाह्रा नङ्ग्रा फिजाएका आयातित भारतीय मूलका नक्कली नागरिकताधारीहरुले एमाले मधेश विरोधी भनेर फिजाएको भ्रममात्रै हो यो ।

अन्त्यमा, हामी दास्रो चरणको निर्वाचनको संघारमा छौँ । यस समयमा राजनीतिक पार्टीहरु तथा आम मतदाताहरुलाई के भन्न चाहानुहुन्छ ?
सम्पूर्ण न्यायप्रेमी जनताहरुलाई भन्न चाहान्छु कि, यो निर्वाचन नेपालको इतिहासमा पहिलो पटक हुँदै छ । बीस वर्षअघि भएको स्थानीय निकायको निर्वाचन भन्दो एकदमै फरक छ । स्थानीय तहमा असिमित अधिकार प्रदान गरिएको छ । अहिलेको गाउँपालिका वा नगरपालिकाको निर्वाचित प्रमुख भनेको त्यहाँको प्रधानमन्त्री हो । तपाईहरुले आफ्नो सरकार आफै चयन गर्ने एतिहासकि अवसर पाउनु भएको छ । र ७६ वर्षपछि नेपाली जनताले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको आधारभूत तहमा संस्थागत गर्ने काम यस निर्वाचन मार्फत हुँदैछ ।

यसका हाम्रो होइन राम्रोलाई जिताऔँ । कसलाई भोट दिएमा आफ्नो क्षेत्रको विकास हुन्छ र विगतका दिनमा कसले त्यस्तो काम गरेको छ ? त्यसलाई भोट दिउँ । यो निर्वाचनमा कुनै दुई तीन पार्टी ड्दिै छैनन्, राष्ट्रवादलाई मुल्य मान्यता राख्ने र विखण्डनलाई प्रसय दिने बीच हुँदै छ । यो मुलूकलाई सिक्किमिकरण बनाउने र मुलूकलाई अविभाज्य, स्वतन्त्र राष्ट्रका रुपमा अघि बढाउनेका बीचमा हुँदैछ । यो मुलूकलाई दरिद्र बनाउने र समृद्ध बनाउनेबीच हुँदैछ ।

त्यसकारण यो महा भारतको युद्धमा कौरवहरुलाई पराजित गरेर पाण्डवलाई जिताउन आम मतदाता लाग्नु होला । निर्भिक रुपमा रुवतन्त्र भएर आफ्नो अमुल्य भोट मुलूकको समद्धिको लागि सूर्यमा दिनुहोला भन्ने चाहान्छौ । र राजनीतिक पार्टीहरुलाई मासुभातको लाभ देखाएर मतदाता किन्ने काम नगर्न अनुरोध गर्दछु ।