काठमाडौँ – के तपाईं परिवारको माहिलो वा माहिली हुनुहुन्छ ? त्यसो हो भने तपाईले एउटा नाटक निःशुल्क हेर्न पाउनुहुनेछ । नाटक हो काठमाडौँको कुञ्ज थिएटरमा मञ्चन भइरहेको ‘लिलामे माइलो’ ।


ADVERTISEMENT


प्रभाकर न्यौपानेको कथा तथा निर्देशन रहेको उक्त नाटक मंसिर १४ गतेदेखि प्रदर्शन भइरहेको छ । नाटकमा माइलो सन्तानलाई समुदायले हेर्ने दृष्टिकोण एवं माइलो भएर जन्मिएपछि पाउने सुख–दुस्ख समेटिएको नाटकका कार्यकारी निर्माता राजाराम गौतम बताउँछन् ।


ADVERTISEMENT

# # #


गौतमका अनुसार हरेक परिवारको माइला र माइली सन्तानलाई निस्शुल्क देखाइने छ । तर त्यसका लागि भने माइलो आउँदा जेठो र कान्छोलाई समेत ल्याउनुपर्नेछ । सुकुम्बासी बस्तीका बालबालिका र ७० वर्ष भन्दा माथिका बृद्ध बृद्धाले यो नाटक कुनै पनि दिन निशुल्क हेर्न पाउने कुरा कार्यकारी निर्माता गौतमले जानकारी दिए ।

मोरङको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर तयार पारिएको नाटक तयार गर्नुअघि पात्रहरुको चरित्रमा वास्तविकता ल्याउन स्थलगत अध्ययन पनि गरिएको थियो ।

नाटकमा विजय नेपाल, विरेन्द खातिन, निशा पाख्रिन, पुष्प अवस्थी, सलमान गुरुङ, राजन भुजेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । नाटक पुस ७ गतेसम्म हेर्न पाइने जनाइएको छ ।