काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन गरी दोषी ठहरिएमा कारबाही गर्न माग गरेको छ ।


ADVERTISEMENT


कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेसविज्ञप्ती जारी गर्दै राजदूत शेर्पामाथि मानव तस्करीको आरोप लागेको साता दिन बितिसक्दा पनि अनुसन्धान नथालिएकोमा दुःखद भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘राजदूत शेर्पाकै सहयोगीले यो विषयमा सार्वजनिक गरेको साता दिन भइसक्दा पनि नेपाल सरकारले गम्भीर चासो नलिइ अनुसन्धान नथाल्नु र मौनता राख्नुलाई हामीले झनै गम्भीर र दुःखद् रुपमा लिएका छौँ’ जारी विज्ञप्तीमा भनिएको छ ।

कुनैपनि देशमा प्रतिनिधित्व गर्ने राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने जिम्मेवारी रहेको भन्दै राजदूत शेर्पामाथि उठेका प्रश्न उपर तत्काल छानबिन गरी कारबाही अगाडी बढाउन माग गरेका हुन् ।

‘तत्कालै आवश्यक छानबिन गर्न र छानबिनका लागि परराष्ट्र मन्त्रालयमा उपस्थित गराएर दोषी ठहरिएमा वर्खास्त गर्ने कदमसमेत चाल्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।’ विज्ञप्तीमा उल्लेख छ ।

राजदूतावासमा कार्यरत एक् नेपाली टेलिभिजनमार्फत वाङ्छु शेर्पाले नेपालबाट प्रशारण हुने एक टेलिभिजनमार्फत् राजदूत शेर्पा र उनका परिवारलाई मानव ओसार पसारमा संलग्न रहेको आरोप लगाएका थिए।