काठमाडौँ, फागुन १० । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गतेदेखि चैत ४ गतेसम्म हुन लागेको आफ्नो दलको मेची–महाकाली अभियानलाई अवरोध पुग्ने खालका कार्यक्रम नगर्न सबैलाई आग्रह गरेका छन् ।


ADVERTISEMENT


एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज ‘मेची महाकाली राष्ट्रिय अभियान’, व्यवस्थापन कार्यालयको आज उद्घाटन गर्दै उनले पार्टीको पूर्वनिर्धारित कार्यक्रम भएकाले अवरोध नपुर्याउन सम्पूर्ण राजनीतिक दल र सङ्घसंस्थालाई अनुरोध गरेका हुन् ।


ADVERTISEMENT

# # #


हिमालदेखि तराई तथा पूर्वदेखि पश्चिम पुग्ने सो अभियानबाट मुलुकको राष्ट्रिय एकता, लोकतन्त्र, विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । “अभियानमा तय गरिएका नारा वडा, वडा र गाउँ गाउँमा गुञ्जिनुपर्छ, प्रत्येक कार्यकर्ता एक पटक अभियानमा कार्यकर्ता सहभागी हुनुपर्छ”–अध्यक्ष ओलीले भने, “अभियानमा पार्टीले वर्तमान परिस्थितिका बारेमा र गर्न खोजेका कामका बारेमा समेत बुझाउने छ ।”

कार्यक्रममा ओलीले सोमबार सरकारले गरेका स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुनु सकारात्मक भएको बताए । अभियानअन्तर्गत ठाउँ ठाउँमा पदयात्रा र आमसभा पनि हुनेछ