काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिँचाई आयोजनामा भ्रष्टाचार गरेको आरोपमा पूर्व मन्त्री बिक्रम पाण्डेसहित २१ जना विरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


ADVERTISEMENT


आयोगले आठ अर्ब भष्टाचार गरेको भन्दै अलग अलग विगो कायम गरि मुद्दा दर्ता गरेको हो । सिंचाई विभागका महानिर्देशक सरोजचन्द्र पण्डित सहित १६ कर्मचारी विरुद्ध मुद्दा दायर भएको हो ।


ADVERTISEMENT

# # #


गुणस्तरहीन कामगर्ने ठेकेदार कम्पनीका पाँच जनालाईपनि मुद्दा चलाइएको छ । आयोजनाको नहर बनाउने ठेक्का पाएको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सन प्रालिका मालिक पूर्व मन्त्री प्रमुख पाण्डे विरुद्ध आयोगले मुद्दा दर्ता गरेको हो ।

सिंचाई आयोजनाको मुल नहर निर्माणमा गुणस्तरहीन काम गरि भ्रष्टाचार गरेको आयोगको ठहर छ । मुल नहर सुरु नहुँदै परिक्षणको क्रममा करिब ३५ किमि नहर कामै नलाग्ने गरि भत्किएको थियो । नहर निर्माणमा गुणस्तरलाई ध्यान नदिएको आशंकामा आयोगले छानविन गर्दा ठेकेदार कम्पनी, परामर्शदाता कम्पनी र आयोजना हेर्ने कर्मचारीहरुको संलग्नतामा गुणस्तरहीन काम भएको भेटिएको हो ।