एजेन्सी– कुनै व्यक्तिको मृत्युपछि उसका अंगलाई जीवित व्यक्तिको शरिरमा प्रत्यारोपण गर्नु त सामान्य भइसकेको छ । तर, दुनियाँमा यो पहिलो घटना हो, जब कुनै मृत महिलाको गर्भाशय कुनै जीवित महिलामा प्रत्यारोपण गरिएको छ । यतिमात्र होइन, मृत गर्भाशय प्रत्यारोपण गरिएकी ती महिलाले बच्चा समेत जन्माएकी छन् ।


ADVERTISEMENT


ब्राजिलको साओपाउलो शहरमा सन् २०१६ मा मृत महिलाको गर्भाशय निकालेर एक जीवित महिलामा प्रत्यारोपण गरिएको थियो । १० घण्टाको प्रत्यारोपण पश्चात ती महिलालाई फर्टिलिटी ट्रीटमेन्ट गरियो ।


ADVERTISEMENT

# # #


यसभन्दा पहिलो संसारमा मृत महिलाको गर्भाशय प्रत्यारोपण गर्ने प्रयास पटक पटक गरिएको थियो । तर ती सबै घटनामा अपरेशन या त असफल भए या त महिलाको गर्भपतन भएको थियो ।

कसरी सफल भयो यो अपरेशन ?

यस घटनामा जुन महिलाको गर्भाशय लिइएको थियो, उनी तीन बच्चाकी आमा थिइन् र उनको मृत्यु दिमागमा रगत बगेकाले भएको थियो । उनै महिलाको गर्भाशय पाउने महिला मेयर–रोकिटानस्की–होजर सिन्ड्रोम पीडित थिइन् ।

जुन प्रत्येक साढे चार हजार महिलामध्ये एकमा देखिन्छ । यस सिन्ड्रोमका कारण योनी र गर्भाशय सही ढंगले विकशित हुन पाउँदैन । यद्दपी यस घटनामा गर्भाशय पाउने महिलाको अण्डाशय बिलकुल ठीक थियो ।

डाक्टरले आमा बन्ने महिलाको शरीरबाट अण्डा निकालेर बाबु बन्ने व्यक्तिको विर्यद्वारा हुर्काए । यसको छ हप्तापछि महिलालारुई महिनावारी हुन सुरु भयो । त्यसको सात पहिनापछि विकशित अण्डालाई महिलाको गर्भाशयमा राखियो । त्यसपछि १५ डिसेम्बर २०१७ मा गर्भाशय पाउने महिलाले अपरेशनका माध्यामबाट २.५ केजीको बच्च जन्माइन् ।

साओ पाउलोको अस्पतालसंड जोडिएका डा. दानी एजेनबर्ग बताउँछनु, ‘यसले आमा बन्न असमर्थ केही महिलालाई राहत दिएको छ ।’