काठमाडौं । ठगी र बैंकिङ कसुरसम्बन्धी अभियोगमा एईसीसी ग्लोबल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सोनु अग्रवाल पक्राउ परेका छन् ।


ADVERTISEMENT


कन्सल्टेन्सीमा २५ प्रतिशत स्वामित्व रहेका सचिन उपाध्यायले सोनु अग्रवालका दाजु रञ्जित अग्रवालविरुद्ध ठगी अभियोगमा जाहेरी दिएका थिए । प्रहरी बृत्त कालिमाटीबाट खटिएको टोली अग्रवालको घर पुग्दा सोनुले आफु नै रञ्जित भएको दावी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।तर, बृत्तमा ल्याएर केरकार गर्दा उनी रञ्जित नभई सोनु भएको खुलेको थियो । कालिमाटी वृत्तका डीएसपी देबेन्द्रबहादुर पालले भने– पासपोर्ट चेक गर्दा उनी नेपाली मूलका अष्ट्रेलियन नागरिक सोनु अग्रवाल रहेको खुल्यो ।’


ADVERTISEMENT

# # #


सोनु एइसीसी ग्लोबलका प्रबन्ध निर्देशक हुन् भने उनका दाजु रञ्जित नेपालका कन्ट्री हेड हुन् ।

रञ्जितले पूर्वकन्ट्री हेड सचिन उपाध्यायलाई दिएको १० लाखको चेक नक्कली भेटिएपछि प्रहरीले उनलाई बैंकिङ कसुरमा पक्राउ गर्न खोजेको थियो । तर, सोनुले दाजुलाई भगाएर आफु नै रञ्जित भएको गलत बयान दिँदैसँगै उनी पक्राउ परेका छन् ।