काठमाडौं । मोहम्मद सलाहको ह्याट्रिकको मद्धतले इंग्लिस प्रिमियर लिगमा लिभरपुलले बर्नमाउथलाई चार शून्यले हरायो ।


ADVERTISEMENT


बर्नमाउथको घरेलु मैदानमा भएको खेलमा सलाहको उत्कृष्ट प्रदर्शनका कारण लिभरपुलले सहज जित निकाल्यो । एकतर्फि जस्तो बनेको खेलको २५ औं मिनेटमा सलाहले उत्कृष्ट गोलमार्फत लिभरपुललाई अग्रता दिलाए ।


ADVERTISEMENT

# # #


पहिलो हाफसम्म लिभरपुलले बर्नमाउथको पोष्टमा अरु पनि राम्रा आक्रमण गरे पनि गोल भने गर्न सकेन । तर ४८ औं मिनेटमा पुनः सलाहले रोबेर्टो फेरमिन्होको पासमार्फत ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई दुई शून्यको बढत दिलाए ।

६८ औं मिनेटमा बर्नमाउथका कुकले आत्मघाती गोल गरेपछि लिभरपुल तीन शून्यले अगाडि रह्यो । ७७ औं मिनेटमा फेरी सलाहले लिभरपुलका लागि चौथो गोल गर्दा ब्यक्तिगत ह्याट्रिक पूरा गरे ।

जितसँगै लिभरपुलले १६ खेलबाट ४२ अंक बनाएको छ ।