काठमाडौं । संसदीय समितिलाई ‘मिनी संसद्’ मानिन्छ । उक्त समितिका गतिविधिलाई व्यवस्थित गर्न प्रतिनिधिसभामा १०, राष्ट्रियसभामा ४ र २ वटा संयुक्त गरी १६ वटा समिति बनाइएका छन् ।


ADVERTISEMENT


तर पछिल्लो चरणमा ती समितिका बैठकमा शीर्ष नेताहरुले चासो देखाउन छाडेका छन् । उनीहरुको बेवास्ताले समितिको गति नै रोकिएको छ ।


ADVERTISEMENT

# # #


आफ्नो समितिको बैठकमा अहिलेसम्म एकपटक पनि नजानेमा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल हुनुहुन्छ ।

समिति बैठकमा उपस्थित सदस्य पनि धेरैजसो हाजिर गरेरै हिँड्ने गरेका छन् । हाजिर गरेबापत संसदको बैठक बसेसरहकै सुविधा हुने गरेको छ तर एकैदिन समिति र संसद् बसे पनि एउटामात्र सुविधा उपलब्ध हुने गरेको छ ।