काठमाडौँ– सानीमा लाइफ इन्सुरेन्स लिमिटेडले नयाँ बीमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ बीमा योजना ‘सानीमा जीवन श्री’ शुभारम्भ गरिएको हो ।


ADVERTISEMENT


बीमा अवधिभरि बोनस सुविधासहित नयाँ योजनाको शुभारम्भ गरिएको सञ्चालक समितिका अध्यक्ष कुमारप्रसाद कोइरालाले जानकारी दिए। बीमा कम्पनीलाई देशकै उत्कृष्ट बनाउने योजनाका साथ अघि बढेको दाबी गर्दै उनले जीवन सुरक्षाका लागि बीमा अनिवार्य भएको बताए ।


ADVERTISEMENT

# # #


बीमामा १६ देखि ६० वर्ष उमेर समूहले सहभागिता जनाउन सक्नेछन् । कम्पनीका सद्भावना दूत कलाकार जीतु नेपालले आफ्नो जीवन सुरक्षाका लागि बीमा गर्नुपर्नेमा जोड दिए । न्यूनतम रु पाँच लाखमा जीवन बीमा गर्न सकिने भन्दै कम्पनीले प्रतिहजार विमाङ्कमा रु ७० बोनस सुनिश्चित रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।

कम्पनीको अधिकृत पूँजी रु ३०० करोड र जारी पूँजी रु २०० करोड रहेको विमा कम्पनीमा चुक्ता पूँजी रु १४० करोड रहेको कार्यक्रममा जानकारी दिइयो । कुल बीमा लेख सङ्ख्या सात हजार ३३२ पुगेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न २५ वटा कार्यालयबाट सेवा दिँदै आएको छ ।