काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारी आएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले स्वास्थ्य सचिव पुष्पा चौधरीको ठाउँमा प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव अधिकारीलाई ल्याएको हो ।


ADVERTISEMENT


यता चौधरी धानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा सरुवा भएकी छन् । स्वास्थ्य मन्त्रालय सचिव बिहीन भएको थियो । सचिव सरुवाको विषयलाई लिएर चौधरी भने अदालत गएकी छन् । उनको सरुवा नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपनि त्यसको खारेजका नाममा सरकार भ्याकेटमा गएको छ ।


ADVERTISEMENT

# # #


स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य क्षेत्रकै सचिव रहने उल्लेख गरिएको थियो । तर, तत्कालीन सचिव चौधरीका कारण स्वास्थ्य क्षेत्रकै विज्ञहरुले स्वास्थ्य भन्दा बाहिरको व्यक्ति पनि सचिव हुन पाउने व्यवस्था गर्नुपर्ने भन्दै आवाज उठाएपछि सरकारले प्रशासन तर्फका अधिकारीलाई सचिवमा पठाएको हो ।

सचिव अधिकारीको विरोधमा नेपाल चिकित्सक संघले संगठनको धर्म निभाउन विरोधको विज्ञप्ती निकाल्ने जनाएको छ । नेपाल चिकित्सक संघ स्रोतका अनुसार प्रशासनको सचिव स्वास्थ्यमा भएपनि उनीहरु मान्ने अवस्थामा रहेका छन् । विवादीत पुर्व सचिव चौधरीलाई स्वास्थ्यमा फिर्ता ल्याउनु भन्दा अधिकारी आएकोमा संघ पनि खुशी देखिएको छ ।

अधिकारी यसअघि पनि स्वास्थ्य मन्त्रालयमा दुई वर्ष सहसचिवका रुपमा कार्यरत थिए । उनले नै स्वास्थ्य बीमा कार्यक्रम सुरुवात गरेका हुन । उक्त कार्य हाल सरकारको प्रमुख प्राथमिकतामा परेको छ ।