काठमाडौं । एआईजीपी धीरु बस्न्यात नेतृत्वको छानबिन समितिले तयार पारेको प्रतिबेदनबाट कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्त हत्या प्रकरणका मुख्यपाटाहरु खुल्ने भएका छन् ।


ADVERTISEMENT


एकातिर नेपाल प्रहरीको सीआईबीबाट घटनाको अनुसन्धान भईरहेको छ । अर्कातिर बस्न्यात नेतृत्वको समितिले हत्यासंग जोडिएका बिषयहरुको छुट्टै छानबिन गरिरहेको छ ।


ADVERTISEMENT

# # #


तोकिएको कार्यादेश बमोजिम बस्न्यात नेतृत्वको टोलीले बस्तुनिष्ठ छानबिन पश्चात राय सहितको प्रतिवेदन चाँडै सार्बजनिक गर्ने बताईएको छ ।

“म नैतिकता, मानवीयता र कानूनी धरातलमा बसेर आफ्नो धर्म पुरा गर्नेछु” बस्न्यातले भने “भएका तथ्यहरुबाट सत्य उजागर गर्न मद्धत पुग्ने गरी मेरो नेतृत्वको समितिलाई दिईएको कार्यादेश अनुसारको छानबिन प्रतिबेदन चाँडै सार्बजनिक गर्दैछौं ।”

यस अघिको समितिले खडा गरेको अभियुक्त डीएनएबाट निर्दोश देखिएपछि बस्न्यात नेतृत्वको समितीले घटना भएको ५१ दिन पछि कार्यादेश पाएको थियो । सोही अनुसार घटनामा संलग्न बलत्कारी र हत्यारा पत्ता लाग्न नसक्नुको कारण तथा अनुसन्धानमा लापरबाही भएको पक्षमा संलग्नहरु माथि नै छानबिन गर्दै वर्तमान समितीले काम अघि बढाईरहेको हो ।

छानबिनका क्रममा समितीले कंचनपुर प्रहरीबाट मुद्दाको मिशिल कागजात झिकाई अध्ययन तथा विश्लेषण र अनुसन्धान कार्यमा संलग्न प्रहरी कर्मचारीहरुको बयान लिने काम समेत गरिरहेको छ ।

पोलिग्राफ परिक्षण, प्रबिधिको प्रयोग गर्दै ‘डिजिटल फरेन्सिक ल्याब’ बाट प्राप्त रिपोर्टको अध्ययन, अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुको बैंकिङ कारोवारको अनुसन्धान गर्दै छानबिन भईरहेको छ ।

प्रहरीले प्रमाण मासेको भनि गरिएको आशंका, मानसिक सन्तुलन गुमेको व्यक्तिलाई दोषि देखाउन खोजिएको बिषय, देख्दै डरलाग्ने दिलिप सिंह बिष्टलाई निर्मलाले साईकलको चेन बनाउन दिएको बिषय लगायतका सञ्चार माध्यमहरुमा आईरहेका बिषयहरु माथि समेत समितीले छानबिन गरिरहेको बताईएको छ ।

घटना रहश्यमय बनाईएका तथ्यहरु जस्तै, घटना हुँदा निर्मला चिच्याएको सुन्ने कोही नहुनु, गम्भिर लापरवाहीका रुपमा देखिएको निर्मलाले लगाएका लुगाहरु हतारमा जलाईनु, साउन ११ गतेको सनाखत मुचुल्कामा निर्मलाका बुवाको औठाछाप रहेको तर उनी भोलिपल्ट १२ गते मात्र भारतबाट नेपाल फर्केको लगायतका तथ्यहरु माथि बस्न्यात नेतृत्वको समितीले सत्यतथ्य बाहिर ल्याउने गरी छानबिन अन्तिम चरणमा पूर्याएको जनाईएको छ ।

घटनाको अनुसन्धान प्रकृया र कार्यबिधीमा देखिएको त्रुटि र कमजोरीहरुको पहिचान, घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुको भुमिका र सुधार गर्नु पर्ने बिषयहरु समेतका सम्बन्धमा अध्ययन, अनुसन्धान एबम् बिष्लेषण गरी अनुसन्धानको क्रममा भएका गल्ती कमजोरी पत्ता लगाई सम्बन्धित कर्मचारीहरु उपर गरिने उचित कारवाहीको लागि समेत समितिले राय सिफारिस गर्ने छ ।

बस्न्यात नेतृत्वको छानबिन प्रतिबेदन घटनाको अनुसन्धानका लागि बलियो हतियार बन्ने अपेक्षा गरिएको छ ।