काठमाडौं – ओपनिङ ब्याट्सम्यान पाउल स्टर्लिङको आक्रामक ब्याटिङ प्रेरित चितवन टाइगर्सले काठमाडौं किङ्स ११ लाई १६१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको ईपीएलको आजको पहिलो खेलमा स्टर्लिङले १३ बलको सामना गर्दै ३४ रन बनाएका थिए । ३४ रन बनाउने क्रममा उनले ३ छक्का र ३ चौका प्रहार गरे ।


ADVERTISEMENT


तल्लो क्रमका ब्याट्सम्यान चल्न नसकेपछि चितवनले सुखद अन्त्य भने गर्न सकेन । १९.५ ओभर पूरा खेलेको चितवनले सबै विकेट गुमाउँदै १६० रन बनाएको हो । चितवनका कप्तान पृथु बास्कोटाले २० रन बनाउँदै काठमाडौंविरुद्ध १६१ रनको लक्ष्य दिन सहयोग गरे । त्यस्तै, नेपाली क्रिकेट टिमका प्रभावकारी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ४० बलको सामना गर्दै ४५ रन बनाए ।


ADVERTISEMENT

# # #


मध्यक्रमको ब्याटिङ धानेका दिपेन्द्रसिंह ऐरीलाई काठमाडौंका प्रदिप साहुले आफ्नो तेस्रो विकेटका रुपमा पवेलियन फर्काए । चितवनका लागि सन्दीप सुनारले २५ र जर्ज स्कटले १५ रन बनाए ।

चितवनविरुद्ध काठमाडौंका जितेन्द्र मुखियाको प्रदर्शन कमजोर रह्यो । उनले २ ओभर विना विकेट २७ रन खर्चिए । तर, प्रदिपले उत्कृष्ट बलिङ गर्दै ४ ओरभमा २४ रन मात्रै खर्चेर ३ विकेट र साम्सद शेखले २.५ ओभर बलिङ गर्दै ३ विकेट लिएका थिए । त्यस्तै, सागर पुन, केबिन ओ ब्राहिम र अमरसिंह रौटेलाले समान एक—एक विकेट लिए ।