जनकपुर । राम जानकी विवाह महोत्सवमा विशेष पाहुना बनेर आउन लाग्नुभएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि झन्डै ४ हजार सुरक्षाकर्मी खटिने भएका छन् ।


ADVERTISEMENT


धेरै संख्यामा सुरक्षाकर्मी खटिने भएका कारण अन्य प्रदेशबाट समेत सुरक्षाकर्मी ल्याउने तयारी भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख नायब महानिरीक्षक हरिबहादुर पालले जानकारी दिनुभयो ।


ADVERTISEMENT

# # #


उहाँले भन्नुभयो, ‘प्रदेशअन्तर्गतका ८ जिल्लाबाहेक प्रदेश नम्बर १ र ३ बाट समेत सुरक्षाकर्मी आउने भएका छन् ।’

राम–जानकी विवाह महोत्सवका लागि ३ हजारको संख्यामा नेपाल प्रहरी नै खटिने छन् । यसमध्ये प्रदेश नम्बर २ को प्रत्येक जिल्लाबाट गरी १ हजार नेपाल प्रहरी खटिनेछन् ।