काठमाडौं । मानिसलाई पुनर्जीवनको आशा दिलाउने रुसी वैज्ञानिक डा. युरी पिचुगिनको दिमाग फ्रिजमा राखिएको छ । उनको दिमाग पछि पनि प्रयोग गर्ने उद्देश्यअनुसार माइनस १९६ डिग्री सेल्सियस तापक्रममा राखिएको डेली मेलले जनाएको छ ।


ADVERTISEMENT


डा. युरी पिचुगिनको ६७ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो । डा. युरीले फ्रैंकेस्टाइन प्रविधिको खोजी गरेका थिए । यसको माध्यमबाट मानिसको दिमागलाई खास रसायनमा राखेर फ्रिज गरिन्छ । यसलाई क्रायो-प्रिजर्वेशन भनिन्छ । वैज्ञानिकहरुका अनुसार यस्तो दिमागलाई दोस्रोपटक प्रयोग गर्न सकिन्छ ।


ADVERTISEMENT

# # #


रुसको क्रायोरस कम्पनीले डा. युरीको दिमागको क्रायो प्रिजर्वेशन गरेको हो । यसलाई मस्कोको वेयरहाउसमा संरक्षण गरेर राखिएको छ ।

क्रायोरसकी प्रवक्ता वेलेरिया उदालोवाले भनेकी छन्- युरीको हृदयाघातका कारण मृत्यु भएको थियो । छिमेकीहरुका अनुसार उनको शव घर बाहिर भेटिएको थियो । त्यतिबेला तापक्रम माइनस ७ डिग्री थियो । क्यानडामा बस्दै आएका उनको छोराले डा. युरीको दिमागलाई फ्रिजमा राख्न अनुमति दिएका थिए ।

वैज्ञानिकहरुको दावी के छ भने फ्रिज गरेर राखिएको दिमागलाई केही दशक या शताब्दीपछि पनि प्रयोग गर्न सकिन्छ । डा. युरीको दिमाग राखिएको वेयर हाउसमा अन्य ६६ जना व्यक्ति र ३२ घरपालुवा पशुको दिमाग पनि राखिएको छ ।