काठमाडौं । नासाको भोयगर २ प्रोब सौर्य मण्डलभन्दा बाहिर पुगेको छ । सौर्य मण्डलभन्दा बाहिर जाने दोस्रो मानवनिर्मित विमान हो । नासाले सन् १९७७ मा पृथ्वीबाट उडेको थियो ।


ADVERTISEMENT


यो विमान अर्को विमान भोयगर १ भन्दा १६ दिन पहिला प्रक्षेपण गरिएको थियो तर भोयगर १ भने ६ वर्ष पहिला नै सौर्यमण्डलभन्दा बाहिर निस्किएको थियो । अमेरिकी भौतिक संघ (एजीयू)ले यो समाचार सार्वजनिक गरेको हो । एजीयूका प्रमुख वैज्ञानिक प्रो. एड्वार्ड स्टोनले यो समाचारको पुष्टि गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले नोभेम्बर ५ मा उक्त विमान सौर्य मण्डलभन्दा बाहिर पुगेको बताएका हुन् । नोभेम्बर ५ मा सूर्यबाट आउने किरणहरु तत्कालै मधुरो बन्न पुगेको थियो, जसको अर्थ यो विमान सौर्यमण्डलबाट बाहिर पुगेको छ । यो विमानले सौर्यमण्डलभन्दा बाहिरको इन्टरस्टेलर अन्तरिक्षको प्रकृतिको वषयमा अध्ययनका लागि सहयोग पुग्ने बताइएको छ ।

अहिले नासाको भोयगर २ प्रोब पृथ्वीबाट १८ अर्ब किलोमिटर टाढा रहेको छ । यो विमान ५४ हजार किलोमिटर प्रतिघण्टाको दरले गइरहेको छ । भोयगर १ यो भन्दा केही छिटो छ । सो विमान भने पृथ्वीभन्दा २२ अर्ब किलोमिटर टाढा छ र ६१ हजार किलोमिटर प्रतिघण्टाको गतिमा छ ।

किन पठाइएको थियो विमान ?

दुई भोयगर विमानहरु सुरुवातमा बाहिरी ग्रहहरुको विषयमा अध्ययनका लागि पठाइएको थियो तर अहिलेसम्म उक्त विमानहरु एकैनासले अघि बढिरहेका छन् । यो विमान प्रक्षेपण गर्दाकोे समयमा वैज्ञानिकहरुलाई कुन समयमा यसले सौर्यमण्डल पार गर्छ भन्ने अनुमान थिएन ।

यस्तोमा उनीहरुलाई सौर्य मण्डलको तहहरु कति ठूलो छ भन्ने कुरा पनि थाहा थिएन । अहिले भने आफूहरु बाहिरी अन्तरिक्षको विषयमा पनि अध्ययन गरिरहेको उनीहरुले बताएका छन् । वैज्ञानिकहरुले भोगयरको ४१ वर्षको यात्रा निकै उत्साहपूर्ण रहेको बताएका छन् ।

यी विमानहरुको सुरुवाती काम बृहस्पति, शनि, अरुण र बरुणजस्ता ग्रहहरुको अध्ययन गर्नु रहेको थियो । यो काम सन् १९८९ मा पूरा भएको थियो ।

वैज्ञानिकहरुकाअनुसार अझै थप अध्ययनका लागि ओर्ट क्लाउड भन्ने क्षेत्र पार गनुपर्ने हुन्छ । जहाँ सूर्यको गुरत्ववकर्षण बल निकै कम बाँकी हुन्छ । यद्यपि अहिले दुवै विमानहरु अहिलेसम्म अध्ययन गर्न नसकिने अन्तरिक्षमा छन् ।

त्यहाँ पुग्न कति समय लाग्यो ?

अहिले यी दुई विमानहरुले अर्बौंको दूरी पार गरेका छन् भने ४ दशकभन्दा बढी समय अन्तरिक्षमा उडिसकेका छन् । भोयगर १ पृथ्वीबाट १९७७ सेप्टेम्बर ५ मा उडेको थियो । केही दिनअघि भोयगर २ पृथ्वीबाट छाडिएको थियो ।

अहिले उक्त विमानहरु अन्तरिक्षको भित्री सतहमा जाने क्रममा छ । वैज्ञानिकहरुले प्लुटोनियमको शक्तिबाट सञ्चालन हुने डिभाइसले काम गर्न छाड्ने र विद्युत् प्रवाह बन्द हुने अनुमान गरेका छन् । यदि त्यस्तो भएमा उक्त विमान धवस्त हुनेछन् ।

भोगयरका व्यवस्थापक सुजाने डोडले उक्त विमानहरुको गति सन् २०२७ सम्म कायम रहने बताए । ५० वर्षको यो मिसन अझै पनि जारी रहनु निकै उत्साहित क्षण रहेको उनको भनाइ छ ।

अझै पनि उक्त विमानहरुबाट राम्रो सिग्नल आइरहनु खुसीको कुरा रहेको वैज्ञनिकहरुले बताएका छन् । अहिले यी विमानहरु पृथ्वपीबाट धेरै टाढा पुगेका भए पनि भोयगर १ अहिलेको गतिमा अघि बढे अबको ४० हजार वर्षमा पनि अर्को तारामा पुग्न सक्दैन । यद्यपि यो हाम्रो आकाशगंगाको बाहिरी कक्षमा भने पुग्न सक्छ ।