काठमाडौ, फागुन १० । मंगलबारका लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक सूचना टाँसेर स्थगित गरिएको छ  । संसद बैठकअघि दलहरुवीच भएको अनौपचारिक कुराकानीमा मंगलबारको संसद बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने कि नगर्ने भन्नेमा सहमति नभएपछि संसद बैठक बुधबार दिउसो २ बजेसम्मलाई सुचना टाँसेर स्थगित गरिएको हो ।
संविधान संशोधनको विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्ष एमालेबीच कुरा मिलेको छैन । सहमतिको प्रयास खोज्न प्रधानमन्त्री प्रचण्डले आजै संसद भवनभित्र सर्वदलीय बैठक आह्वान गरेका छन् । सर्वदलीय बैठक मंगलबार दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरमा बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।


ADVERTISEMENT