सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुका कार्यबाहक अध्यक्ष रश्मि आचार्यसंग गरिएको कुराकानी :


ADVERTISEMENT


अखिलले अहिले आफ्ना गतिविधिलाई कसरी अगाडि बढाइरहेको छ ?


ADVERTISEMENT

# # #


अहिले अखिलका अगाडि मुलत: दुईवटा जिम्मेवारी छन् । एउटा अहिलेका समकालीन मुद्दाहरुलाई सम्बोधन गरेर अगाडि जाने । यो प्रमुख मुद्दा भयो । अर्को हाम्रो एकता प्रक्रिया पनि अगाडी बढिरहेको हुनाले यसलाई सार्थक बिन्दुमा पुर्याउने जिम्मेवारी छ । पार्टी एकता भएपनि जनसंगठन एकता भइसकेको अवस्था छैन । एकता गर्नका लागि विभिन्न कार्यदलहरु पनि बने । तिनका प्रतिवेदन पनि बुझाइसकेको अवस्था छ । हाम्रो एकता सम्पन्न गर्न बाँकी छ । अब यसलाई पूरा गर्नुपर्छ ।

यसमा किन ढिलाई भइराखेको छ ? नेतृत्वको विवादले हो कि ?

पार्टीको नेताहरु पनि यसलाई छिट्टै टुंग्याउने गरी लागिराख्नु भएको छ । तर यसलाई अलि गतीमा लैजानुपर्छ । पार्टी एकताको उत्साहलाई मातहतका कमिटीहरुको एकतामा पनि भर्नुपर्छ । दुईवटा संगठन एक हुनेभएपछि नेतृत्वमा सबैको आँखा त हुने नै भयो । अनेरास्ववियुको अध्यक्ष नवीना लामा सांसद भएकाले उहाँ एकिकृत हुने विद्यार्थी संगठनको अध्यक्ष हुने अवस्था छैन । त्यो भएकाले अबको नेतृत्वमा को जाने भन्ने कुरा बहसकै विषय बनेको छ ।

कसले चलाउँछ त अबको एकिकृत अखिल ?

हिजो महाधिवेशनको बेलामा मलाई थुप्रै नेताहरुले नवीना लामापछि तपाई अध्यक्ष बन्ने भन्नुभएको थियो । अहिले नवीना लामालाई अध्यक्ष बनाउने, एकडेढ वर्षपछि त्यसको नेतृत्व रश्मी आचार्यले गर्ने भनिएको थियो । मैँले त्यतीखेर नेतृत्वको कुरामा विश्वास गरेँ । नवीना काम्रेडले नेतृत्व नगर्ने अवस्था बनिसकेपछि अब त्यसपछि कसले गर्ने भन्नेकुरामा बहस गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन । जुनकुरा हिजै भनिसकिएको छ । एकिकृत अखिलको नेतृत्व मैँले गर्न पाउनुपर्छ भन्ने मेरो भनाई हो । हुनत अन्य साथीहरुको पनि दाबी होला । तर हिजो दिइएको विश्वासको आधारमा, भोलिका दिनमा संगठनलाई सही मार्गमा हिंडाउने क्षमताका आधारमा र अखिललाई सर्वप्रिय बनाउने आधारमा नेतृत्व मैँले नै पाउनुपर्छ भन्ने हो ।

अहिले अनेरास्ववियुको कमिटीमा भएको हामी साथीहरुमध्ये ठाकुर गैरे अध्यक्ष हुँदाखेरिको केन्द्रीय कमिटीमा भएकाहरु नवीनाजी र म मात्रै हौँ । अन्य साथीहरु पछिको हुनुहुन्छ । भन्नुको मतलब म एक कार्यकालअघि केन्द्रीय कमिटीमा बसेको, गण्डकी अञ्चलको अध्यक्ष भएर काम गरेको हिसाबले पनि म अन्यभन्दा सिनियर हुँ जस्तो लाग्छ ।

तर अहिले पार्टी एकता भएको छ । नयाँ नेतृत्वका लागि पूर्व माओवादी केन्द्रको संगठनसंग पनि छलफल गर्नुपर्ला । के छ त्यतातिरको सम्पर्क ?  तपाई किन आउन चाहनुहुन्छ नेतृत्वमा ?

म आइसकेपछि सबैलाई सम्वन्वय गर्ने कुरामा त कुनै कमी नै रहँदैन । मेरो स्वभाव नै सबैलाई संगै लिएर जाने हो । नेतृत्वको सम्वन्वयमा कसले नेतृत्व गर्ने भनेर पार्टीमा नेताहरुबीच छलफलमा छ । त्यो छलफल टुंगिसकेपछि तय हुने कुरा भयो । अनेरास्ववियुको नेतृत्व पूर्व एमाले पृष्ठभूमिबाट हुँदाखेरि नवीना लामापछि म बन्नुपर्छ भन्ने मेरो दाबी पेश गरेको हो । अर्कोतर्फ अखिल क्रान्तिकारीका साथीहरुले मलाई अस्वीकार गर्नुपर्ने कारण पनि म देख्दिनँ । अहिले चारैतिरबाट विद्यार्थी संगठनको आवश्यकता अझै किन भन्ने किसिमका प्रश्नहरु उठिरहेका छन् ।  हिजोभन्दा आज विद्यार्थी संगठनको आवश्यकता जरुरी छ भन्नका लागि म अनेरास्ववियुको नेतृत्वमा आउन चाहेको हो । मेरा अगाडि एकिकृत अखिलको अध्यक्ष बाहेक अर्को विकल्प छैन ।

तर, नेतृत्वमा गएपछि आम विद्यार्थीका भन्दापनि व्यक्तिगत स्वार्थका काममात्र गर्ने, पदको दुरुपयोग मात्रै गर्नेजस्ता आरोपहरु पनि विद्यार्थी नेताहरुमाथि लागिरहेको छन् । यसलाई कसरी चिर्नुहुन्छ ?

एकाध पात्रहरुलाई हेर्दा देखिन्छ । तर, आमरुपमा अनेरास्ववियुबाट उत्पादन भएको नेतृत्व त्यस्तो छैन । एकजना व्यक्तिको चरित्रलाई लिएर समग्र संगठनको धार त्यो हो भन्न मिल्दैन । हामीले अब समृद्ध नेपाल बनाउने भनेका छौँ । त्यो समृद्ध नेपाल निर्माणमा प्रत्येक युवाहरुलाई सहभागी गर्ने भनेर अहिलेको सरकारले पनि युवालक्षित धेरै कार्यक्रमहरु ल्याएको छ । ती कार्यक्रमहरुलाई प्रभावकारी हिसाबले कार्यान्वयन गराउनका लागि प्रत्येक कलेजका युवा विद्यार्थीहरुलाई जागनरुक गराउने एउटा माध्याम भनेको विद्यार्थी संगठन हो । त्यो अनेरास्ववियुले मात्रै गर्न सक्छ । देशलाई चाहिने जनशक्तिहरु उत्पादन गर्ने फिल्डमा काम गर्ने अनेरास्ववियु भएकाले यसको आवश्यकता अझै छ । त्यस हिसाबले मैँले यो संगठनलाई हाँक्नसक्छु भन्ने विश्वासका साथ म नेतृत्वमा आउन खोजेको हुँ ।

विद्यार्थी संगठनले शैक्षिक मुद्दालाई ब्यवारिसे बनाए भन्न ओरोप छ । के भन्नुहुन्छ ? 

विगतमा पनि विषयवस्तुहरु नउठेको होइनन् । जस्तो शैक्षिक प्रमाणपत्रका आधारमा ऋण त अब कार्यान्वयनमा गइसक्यो नि ? त्यसले अब परिणाम दिन बाँकी छ । अब स्नातक पास गरेको सर्टिफिकेट धितो राखेर ४० वर्ष ननाघेको युवाले ७ लाख रुपैयाँ सहुलियत दलरमा ऋण पाउँने प्रस्ताव अनेरास्ववियुले नै उठाएको हो । हामीले नै उठाएका हौँ । उपलब्धीहरु हासिल नभएका होइनन् । अन्य मुद्दालाई व्यवस्थित गर्न पनि जरुरी छ ।

अर्को भनेको कुनैकुनै विषयवस्तुहरु अलि दह्रोगरी पक्रिएन कि ? मुद्दा उठाउने, छाड्ने भएका पनि हुनसक्छन् । कुनै मुद्दालाई बार्गेनिङको विषय पनि बनाउने काम भएका छन् । यो नकारात्मक पाटो हो । यसलाई निर्ममतापूर्व सच्याउनु पर्नेछ । जस्तो कलेजहरुका सम्बन्धनका वियषमा, अन्य स्कुलहरुका शुल्कका विषयमा यदाकदा विद्यार्थी नेतृत्व जोडिएको भन्ने आइरहेको छ । यसलाई हामीले सच्याउनुपर्छ । अबको विद्यार्थी आन्दोलनले त्यसलाई ध्यानदिनै पर्छ ।सार्वजिनक शिक्षाको गुणस्तर खस्किएको भन्नेछ । यी पाटामा हामीले घनिभूतहरुमा काम गर्न जरुरी छ । पहिले हामी राजनीतिक विषयमा बढी केन्द्रित भयौँ । अब विद्यार्थीका मुद्दालाई केस्राकेस्रामा केलाएर काम गर्न जरुरी छ ।

अन्त्यमा, नेतृत्वको कुरा कहिलेसम्ममा टुंगिन्छ ?

अहिले प्रदेश किमिटी टुंगिएको कुरा हेर्दाखेरी अब हप्ता दश दिनभित्र सबै जनसंगठनको विषय टुंगिन्छ भन्ने विश्वास गर्न सकिन्छ । त्योसंगै पार्टीको जिल्ला अध्यक्ष र सचिव पनि टंगाउने भन्ने कुरा उठेको छ । त्यस हिसाबले हेर्दा अब एक हप्तादेखि १० दिनभन्दा ढिलो नहोला ।