दास्रो चरणको निर्वाचनको मौन अवधि सुरु हुनै लाग्दा विभिन्न राजनीतिक दल तथा तिनका विभिन्न संगठनहरु निर्वाचनको प्रचार प्रसारमा व्यस्त छन् । नेकपा एमालेको भातृ संगठन  युवा संघ नेपालले दास्रो चरणको निर्वाचनलाई लक्षित गरी तराई मधेशका जिल्लामा चुनावी अभियान गरेको छ । के उद्देश्य थियो त्यो चुनावी अभियानको ? अभियानका क्रममा युवा संघले  त्यहाँका आम जनतामा कस्तो प्रतिक्रिया पायो ? लगायतका विषयमा एमालेको भातृ संगठन युवा संघ नेपालका सचिवालय सदस्य रमेश आचार्यसँग गरिएको कुराकानी


ADVERTISEMENT


तपाई निर्वाचन प्रचार प्रसारका क्रममा तराई–मधेसका जिल्लामा पुगेर भर्खरै आउनु भएको छ । त्यहाँको राजनीतिक तथा चुनावी माहोल कस्तो छ ? के कस्तो अनुभव भयो ?


ADVERTISEMENT

# # #


मुख्यतः हाम्रो संगठन युवा संघ नेपालले दास्रो चरणको निर्वाचनमा नेकपा एमालेका सूर्य ध्वजाबाहक उम्मेद्वारलाई सहयोग गर्न प्रदेश नं. १, २, ५ र ७ मा हामीले निर्वँचन अभियान सञ्चालन गरेका छौँ । त्यो अभियानमा हाम्रो संगठनको तर्फबाट अध्यक्षदेखि सम्पूर्ण पदाधिकारी साथीहरुलाई अञ्चलगत क्षेत्र छुट्याएर जिम्मेवारी प्रदान गरिएको छ । त्यो भन्दा बाहेक केन्द्रिय कमिटी, सचिवालयका साथीहरुलाई आफ्नो भूगोलकालाइ त्यहीँ र पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको जिल्लाका साथीहरुलाई आनो पायक पर्ने स्थानमा जिम्मेवारी प्रदान गरिएको छ । यो कार्यक्रमभित्र हामीले तीन चारवटा काम गर्नुपर्ने हाम्रो दायित्व थियो ।

मुख्य काम तराई मधेशमा एमालेका विरुद्धमा फैलाइएका भ्रम चिर्नु थियो । दोस्रो नेकपा एमालेका उम्मेद्वारलाई मतदातासम्म पुर्याउनका लागि सहयोग गर्नु थियो । तेस्रो नेकपा एमालेका शुभचिन्तक तथा शुभेच्छकहरुलाई हाम्रा नीति तथा सिद्धान्त र विचारका बताउनु थियो । यस अभिानमा हामीले यी कामहरु सम्पन्न गरेर आएका छौँ । निर्वाचन अभियानका क्रममा हामीले तल्लो तहका कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने लहर चलेको अवस्था पायौँ ।

पहिलो चरणको निर्वाचनमा एमाले पहिलो पार्टी बन्यो । दास्रो चरणको निर्वाचन हुने ठाउँमा तपाईहरु पुगेर आउनु भएको छ । त्यहाँका जनताको प्रतिक्रिया तथा भावना के कस्तो पाउनु भयो ?

यसमा कुरा गर्नुपर्दा, सत्तारुढ दलहरुले आफ्नो पक्षमा जनविश्वास छैन भन्ने ठानेर चोर बाटो प्रयोग गरेर यो निर्वाचन सम्पन्न गर्न खोजेको देखिन्छ । नेपाली कांग्रेस, माओवादी लगायतका दलहरुले जनताको मत जितेर होइन कुन्ठित गरेर जनताको मतलाई ओझेलमा पारेर चुनावका सफलता कसरी प्राप्त गर्न सकिन्छ भन्ने खालको प्रयत्न गरेको देखिन्छ । जसमा बिना कारण निर्वाचनको मिति सारेको निर्णयलाई उदाहरण दिन सकिन्छ ।

यसमा के देखिन्छ भने, माओवादी तथा कांग्रेस बलियो भएको ठाउँमा पहिले निर्वाचन गरेर त्यसको प्रभाव दास्रो चरणको निर्वाचनमा देखाउने भन्ने तयारीका साथ यो गरिएको थियो । तर, उहाँहरुकोे अनुमानको विपरित नेकपा एमालेले शानदार विजय हासिल गर्यो । यसको त्रासले गर्दा सरकार दासे चरणको निर्वाचन सम्पन्न नगर्ने पक्षमा छ तर, नेकपा एमालेको डरले बाध्य भएको छ । यी सबै कुरा हामीले आम मतदातामाझ बुझाउँदा कांग्रेस–माओवादीको झण्डा बोकेकाहरुपनि यसपाली त एमालेलाई भोट हाल्ने हो भनिरहेका छन् । जनताको हितमा काम गरेको र गर्ने पार्टी एमाले हो । यो देशलाई समृद्धिको बाटोमा एमालेले लैजान सक्छ भन्नेखालका अभिव्यक्ति हामीले आम मतदाताबाट पाएका छौँ ।

पहिलो चरणको निर्वाचनमा जुन किसिमको परिदृश्यहरु देखिए, दोस्रो चरणमा पनि विभिन्न किसिमका मोर्चाबन्दीहरु, मतदान तथा मतगणनाको समयमा हुने हुनसक्ने सम्भावित गतिविधिलाई एमालेले कसरी हेरेको छ ?

तपाईले एकदमै राम्रो प्रश्न उठाउनु भयो ।  धेरै चित्रहरु पहिलो चरणको निर्वाचनमा आए । नेकपा एमाले घरदैलो कार्यक्रममा थियो । प्रदेश नं ३ को दोलखा जिल्लाको मेलुङ गाउँपालिकामा नेकपा एमाले समर्थक कार्यकर्तामाथि रातको समयमा ढङ्गामुढा प्रहार गरेर मार्ने काम भयो । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीका मुख्य नेताको निर्देशनमा काभ्रेको नमोबुद्धमा एमालेका कार्यकर्ताको हत्या गरियो । तेस्रो भरतपुरमा मतपत्र च्यात्ने काम गरियो । अब ग्रामिण क्षेत्रका मतदातालाई दुई छाक मासुभात खुवाएर भोट किन्ने दाउमा सत्तरुढ दलहरु छन् ।

पहिलो चरणको निर्वाचनमा जसरी हत्या भए त्यसरी नै दास्रो चरणमा पनि हत्या गरेर जित्ने दुष्प्रयासमा नेपाली कांग्रेस तथा माओवादी लागिपरेका छन् । जुन कुरा उम्मेद्वारी दर्ताको दिन बाजुराको छेडेदहमा एमोलेका कार्यकर्ताको हत्याबाट पुष्टी भएको छ । तर, निर्वाचन नभाँडियोस् र स्वच्छ भयरसिहत वातावरणमा मतदाताले आफ्नो मताधिकारका प्रयोग गर्न पाउन भनेर नेकपा एमाले र युवासंघ नेपालले केही संयमता अपनाएको हो । यदि सत्तारुढ दलले त्यस्तो खालका हर्कत जारी राखेमा हामीले आदेश गरेका छौँ कि आइलागेमा जाइलाग्न पछि नपर्नुस् ।

पहिलो त हामी राजनीतिक संगठन हो । राजनीतिक पार्टी हो । यस्ता खालका घटना राजनीतिक ढङ्गबाट नै प्रतिवाद पार्न चाहान्छौँ । हामी माथि कोही आइलाग्छ भने त्यसको प्रतिकार गर्न अब हामी पछि पर्दैनौँ ।

बाँकी रहेका प्रदेशमा निर्वाचन हुन अब धेरै दिन बाँकी छैन । दई नम्बरकोे चुनाव हुने नहुने आशङ्का नै छ । यसलाई एमालेले कसरी लिएको छ ? रणनीति कस्तो बनाउँदैछ ?

तर्फबाट प्रदेश नं.२ का सम्पूर्ण जिल्लामा असार १४ मा नगरेर आसोजकमा गर्ने भन्ने निर्णय त्यहाँका जनतामाथिको अपमान हो भन्ने युवा संघ नेपालको भनाई छ । त्यहाँका जनतामाधि सरकारले निर्वाचन सारेर घोर अन्याय गरेको छ । लोकतन्त्रमा चुनाव एउटा सुन्दर पक्ष हो । तर आज अरु पार्टीहरुले तराई मधेसका जनतालाई छट्याउने काम, त्यहाँका जनताबीच एक किसिमको खाडल ल्याउने काम सत्तापक्षले गरेको छ ।

प्रदेश नं. २ मा असोजमा निर्वाचन भएपछि त्यहाँका प्रतिनिधीहरुले साढे चार वर्ष मात्रै काम गर्न पाउँछन् । जबकी अन्य प्रदेशमा जनप्रतिनिधीले पाँच वर्ष पाउँदैछन् । यो प्रजातान्त्रिक हक अधिकार तराईका जनतालाई नदिने दुष्प्रयास हुँदैछ । यसका नेकपा एमाले यसको विरोध गरी नै रहन्छ ।