काठमाडौं । सरकारद्वारा गठित अनुसन्धान तथा प्रतिष्ठान विकास समिति(थिंक ट्यांक)ले कर्मचारीको तलब र प्रशासनिक खर्चका लागि सरकारसँग तत्काल ५ करोड रुपैंयाँ मागेको छ ।


ADVERTISEMENT


थिंक ट्यांकले आफ्नो जिम्मेवारीअनुसारको काम नथाल्दै सरकारसँग रकम माग गरेको हो ।


ADVERTISEMENT

# # #


थिंक ट्यांकका पदाधिकारी र कर्मचारीका लागि तलबमा मात्रै मासिक लाखौं रुपैंयाँ खर्च हुने देखिएको छ । थिंक ट्यांक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सरकारी निकाय हो ।

उनीहरुलाई प्रधानमन्त्री कार्यालयले सरकारी खर्चबाटै तलब खुवानुपर्छ । तर यहाँ काम गर्ने पदाधिकारी र कर्मचारीको तलब सुविधा विदेशी गैरसरकारी संस्थामा काम गर्ने कर्मचारीसरह कायम गरिएको छ ।

थिंक ट्यांकका अध्यक्ष डा. चैतन्य मिश्रको मासिक तलब २ लाख २५ हजार कायम गरिएको छ ।

जबकी, नेपाल सरकारका मुख्य सचिबको मासिक तलब ५५ हजार २ सय मात्र छ ।