काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन नहुन्जेल सम्पूर्ण सरुवा रोक्ने भएको छ। उसले सबै मन्त्रालयलाई समायोजनसम्म कर्मचारी सरुवा स्थगित गर्न चिठी लेखेको छ।


ADVERTISEMENT


सबै सेवा सञ्चालन गर्ने मन्त्रालय, निकायलाई पत्राचार गर्न अध्यादेश कार्यान्वयनका लागि कर्मचारीको विवरण अद्यावधिक गर्नुपर्ने हुँदा सरुवा रोक्न पत्राचार गरिएको मन्त्रालयका सचिव दिनेश थपलियाले जानकारी दिए।


ADVERTISEMENT

# # #


समायोजन अवधिमा सरुवा जारी रहँदा काममा अवरोध पुग्ने भएकाले त्यसो गरिएको उनले बताए।

तोकिएको अवधिभित्र कर्मचारीको विवरण किताबखानामा अद्यावधिक गर्न गराउने पनि मन्त्रालयले आग्रह गरेको छ। उसले समायोजन प्रक्रियामा सहभागी भई संघीयटा कार्यान्वयनमा सहयोग गर्न सबै कर्मचारीलाई अपिलसमेत गरेको छ।