काठमाडौं– प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्धपी उनले प्रदेशको राजधानी अहिलेकैलाई कायम गरिने स्पष्ट पारे ।


ADVERTISEMENT


बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री पौडेलले मुख्यमन्त्री पौडेलले आफूहरु भर्खरै एउटा ट्रयाकमा हिँड्न थालेको र अब विकास निर्माणको कामले गति लिनुपर्छ है भनेर हिँडिरहेको अवस्थामा फेरी राजधानीलाई तलमाथि गरिए एक वर्ष ब्याक हुने धारणा राखे । उनले भने, ‘आउने पुषभित्रै प्रदेश नम्बर ३ को नामाकरण गर्छौं । तर अहिले राजधानी तलमाथि गरियो भने एक वर्ष फेरी भौतिक संरचना तयार पार्नकै लागि समय खेर जान्छ ।’


ADVERTISEMENT

# # #


काम गर्नको लागि आफूहरुले वातावरण तयार पारेको उनको जिकिर गर्दै उनले अब लगभग कामहरु नरोकिनेगरि कानुन निर्माण गरिसकिएको जनाए । मुख्यमन्त्री पौडेलले आफूहरुको अब केन्द्रिय सरकारसँग मुख्य माग भनेको नै केन्द्रिय सरकारले बनाउनुपर्ने कानुन छिटो बनाईदिओस् भन्ने नै रहेको सुनाए ।

आफूहरु ७ वटै प्रदेशका मुख्यमन्त्रीले गम्भीर रुपमा उठाएका विषयहरुमा कर्मचारी र कानुनको समस्या रहेको पनि उनले सुनाए । उनले भने, ‘हामीले कर्मचारी भर्ना गर्न पाएका छैनौं । हामी उत्साहका साथ काम गर्नुपर्छ भनेर लागिपरिरहेका छौं । तर, हामीलाई कानुन र कर्मचारीको समस्या छ, बाधा छ ।’

अबको केही दिनभित्रै जनताले अनुभुति हुनेगरि, देखिनेगरि, बुझ्नेगरि र हाम्रो प्रदेश सरकारले गरेको भन्नेगरि आफूहरुले काम अगाडि बढाउने उनले घोषणा गरे । हालै काठमाडौंमा सम्पन्न अन्तरप्रदेश परिषदको बैठकमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुले साझा समस्या प्रधानमन्त्रीसामू राखेको पनि उनले जनाए ।

२ दिनसम्म चलेको उक्त अन्तरप्रदेश परिषदको बैठक असाध्यै उपलब्धिमूलक रहेको उनको जिकिर छ । त्यस्तै उनले केन्द्रिय सरकार र प्रदेश सरकारबीच ‘ग्याप’ देखिएकोले अब त्यो ‘ग्याप’लाई कम गर्नको लागि अन्तर प्रदेश सचिवालय गठन गर्न लागिएको पनि जनाए ।

उनले भने, ‘हामीहरुबीच सम्वादपनि अलिक कमै हुन्थ्यो । अब यो ग्यापलाई अन्त्य गर्नकोनिम्ति अन्तरप्रदेश सचिवालय गठन गर्ने निर्णय भएको छ । स्थायी रुपको सचिवालय बनाउने कुरा भएको छ।’ सचिवालय गठन भैसकेपछि आफूहरुलाई समस्या राख्न सजिलो हुने उनको विश्वास छ ।