काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङ माल्दिभ्स फुटबल अवार्डको मनोनयनमा परेका छन् ।


ADVERTISEMENT


माल्दिभ्स फुटबल डटकम र फुटबल एसोसिएसन अफ माल्दिभ्सले संयुक्तरुपमा सार्वजनिक गरेको वर्षको उत्कृष्ट तीन गोलकिपरको मनोनयनमा नेपाली गोलरक्षक किरण परेका हुन् ।


ADVERTISEMENT

# # #


आगामी पुस ३ गते उक्त अवार्डको विजेता घोषणा गरिनेछ ।

किरण टीसी स्पोर्टस् क्लबबाट माल्दिभ्सको राष्ट्रिय लिग खेल्दै आएका छन् ।

उनकै टोलीले यस वर्षको लिग जितेको छ । उनीसँग मोहमद फैसल र सुजन परेरासमेत मनोनयनमा परेका छन् ।

क्लबलाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका कारण उनलाई मनोनयनमा राखिएको आयोजकले जनाएको छ ।

यसअघि, नेपाली डिफेन्डर रोहित चन्दले पनि यसै हप्ता इन्डोनेसियामा उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका थिए ।