काठमाडौं । काठमाडौँ उपत्यकामा बिहिबार न्यूनतम तापक्रम केही बढेको छ । मंगलबार ३.८ डिग्री मापन भएको न्यूनतम तापक्रम बिहिबार ५ डिग्री मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


बिहिबार मध्यान्नसम्म काठमाडौँमा घाम लाग्ने भएपनि अपरान्हपछि भने मौसममा आंशिक बदली हुने सम्भावना रहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् ।
उनका अनुसार बिहिबार काठमाडौँको अधिकतम तापक्रम १८देखि २० डिग्री सेल्सियसकोबीचमा रहने सम्भावना छ । बुधबार अधिकतम तापक्रम १९.२ डिग्री मापन भएको थियो ।


ADVERTISEMENT

# # #


बिहिबार पश्चिभि भूभागमा दिनभर सामान्य तथा आंशिक बदली रहने, पश्चिमिका उच्च पहाडी भूभागमा सामान्य वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविद नगरकोटीले जानकारी दिइन् ।

बिहिबार पश्चिम तराईका क्षेत्रमा आंशिक बदली रहने भएपनि पूर्वी र मध्य तराईमा भने मौसम समान्यतया सफा रहने उनले जानकारी दिइन् ।