काठमाडौं । कम्प्युटर, मोबाइल आदि जस्ता विद्युतीय उपकरणको नेटवर्कका माध्यमबाट हुने आपराधिक कार्य साइबर अपराध (क्राइम) भित्र पर्छ।
इन्टरनेटको व्यापक प्रयोगका कारण पछिल्लो समय साइबर क्राइम बढिराखेको छ। इन्टरनेटका माध्यमबाट गरिने गाली, चरित्रहत्या, हिंसा, यौनजन्य हिंसा, अरूको पहिचान दुरुपयोग साइबार क्राइम हुन्।
यी बाहेक क्रेडिट कार्ड वा अकाउन्ट ह्याक गर्नुजस्ता बैकिङ कसुरसम्बन्धी कार्यसमेत यसैभित्र पर्छन्।
साइबर फ्रड, ह्याकिङ, ब्ल्याकमेल, स्क्याम, पाइरेसी आदिसमेत यसैभित्र पर्दछन्।
नेपालमा साइबर अपराधको नियमन गर्न विद्युतीय कारोबार ऐन–२०७३ लागू भएको छ । उक्त ऐनको दफा ४७ अनुसार साइबर अपराधको दोषी प्रमाणितलाई नौ लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्ष जेल सजाय हुनेछ।
कतिपय अवस्थामा यी दुवै सजाय हुन सक्छ । यो नेपालमा सबैभन्दा बढी प्रयोग हुने र बढी विवादित नियममा समेत पर्छ।
यसबाट बच्न
सामाजिक सञ्जालमा अपरिचित व्यक्तिसँग अनावश्यक च्याट नगर्ने । आफ्नो अकाउन्ट आफू मात्रै चलाउने । पासवर्ड गोप्य राख्ने ।
(वेला–वेलामा आफ्नो अकाउन्ट क्रसचेक गर्ने । बैंकिङ कारोबार गर्दा सजग हुने।
आधिकारिक मानिस पहिचान भएपछि मात्रै इमेलबाट गोप्य सूचना आदान–प्रदान गर्ने।
भिडियो च्याटमा अश्लील चिज आदान–प्रदान नगर्ने। गोप्य सूचना सकेसम्म सामाजिक सञ्जालमार्फत सेयर नगर्ने । सामाजिक सञ्जालका आफ्नो एकाउन्टको स्थिति सधैँ नियाल्ने।