काठमाडौँ– पोखरा राइनोज एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । लगातार चार खेलमा पराजित भएपछि पोखराले तेस्रो संस्करणको यात्रा टुंगाएको हो । स्कटल्याण्डका कप्तान कायल कोएट्जरको नेतृत्वमा रहेको पोखराले शुक्रबार काठमाडौँ किंस-११ संग ५ विकेटले हार ब्यहोरेको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनायो । १६७ रनको चुनौति पच्छ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको काठमाडौँलाई जित दिलाउन केभिन ओ’ब्रायनले उत्कृष्ट ब्याटिङ गरे ।


ADVERTISEMENT

# # #


अविजित रहेका उनले ५३ बलमा ३ छक्का र ४ चौकाको मदतमा ५४ रन बनाएपछि काठमाडौंले १९.२ ओभरमा पोखराले दिएको १६६ रनको लक्ष्य ५ विकेट गुमाएर पूरा गर्यो । यस्तै टोलिका कप्तान रोहान मुस्ताफाले ३१ बलमा ७ चौकाको मदतमा ४० रन बनाएर आउट भए ।

त्यस्तै १८ रनमा खेलिरहेका सागर पुनलाई भेट्रान क्रिकेटर शक्ति गौचनले बोल्ड गरेपछि काठमाडौं दबाबमा देखिएको थियो । ११ रनमा खेलिरहेका ओपनिङ ब्याट्सम्यान अमित श्रेष्ठलाई विक्रम शोवको बलमा पोखराका विकेट किपर विनोद भण्डारीले क्याच गरे । काठमाडौंविरुद्ध पोखराका विक्रम शोवले दुई विकेट लिए भने शक्ति गौचन र सुसान भारीले समान एक—एक विकेट लिनुबाहेक अन्य खेलाडीले काठमाडौंको विकेट लिन सकेनन् ।

खेलको अन्तिमतिर पोखरा राइनोजका खेलाडीले केही फितलो फिल्डिङ गरेका थिए । विक्रम शोव र विपीन खत्रीले क्याच हुने बल ड्रप गरेका थिए ।

यसअघिको टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा राइनोजका ओपनिङ ब्याट्सम्यान रिचार्ड लेभिले राम्रो सुुरुआत गर्दै २१ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ३८ रन बनाएका थिए । त्यसैगरी, पाउल कौलिनले ३८ बलको सामना गर्दै एक छक्का र एक चौकाको मद्दतमा ३७ रन बनाए । त्यस्तै, कप्तान काइल कोइट्जरले ३७ रन बनाए भने विनोद भण्डारीले १७ रन बनाएका थिए ।

पोखरालाई १६५ रनमा रोक्न काठमाडौंका विक्रम भुषाल, केभिन ओब्राहिम र रोहन मुस्तफाले सानदार बलिङ गरेका थिए । मुस्तफाले ४ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित २१ रन खर्चेर १ विकेट लिँदा समान ४ ओभर नै बलिङ गरेका विक्रम भुषालले २४ रन खर्चेर २ विकेट लिएका थिए ।

दुई विकेट लिएका केभिन ओब्राहिमले सबैभन्दा बढी रन खर्चिए । उनले ४ ओभर बलिङ गर्दै ३९ रन खर्चेर २ विकेट लिएका थिए । त्यसैगरी, सामसद शेखले एक विकेट लिए ।
जितसँगै काठमाडौं लिगको तेस्रो स्थानमा उक्लिएको छ भने चार खेलमा पराजित पोखरा राइनोज एक खेल अगावै समूह चरणबाट बाहिरिएको छ ।