१ पौष, काठमाडौं । भारत र अस्ट्रेलियाबीच पर्थमा जारी दोस्रो टेस्टमा भारत समालिएर ब्याटिङ गरिरहेको छ।


ADVERTISEMENT


अस्ट्रेलियाले पहिलो इनिङमा प्रस्तुत गरेको ३ सय २६ रनको स्कोर पछ्याएको भारत दोस्रो टेस्टको दोस्रो दिन ३ विकेट गुमाएर १ सय ७२ रन बनाएर क्रिजमा छ।


ADVERTISEMENT

# # #


स्टपपिंक अघि सम्म भारतीय टिम पहिलो इनिङमा अझै अस्ट्रेलियासँग १ सय ५४ रनले पछि छ। भारतका लागि कप्तान विराट कोहली ८२ तथा उपकप्तान आजिंक्य रहाणे ५१ रन बनाएर अविजित छन्। दोस्रो दिन अस्ट्रेलिया थप ४९ रन जोड्दै कुल कुल ३ सय २६ रन बनाएर अलआउट भयो। अस्ट्रेलियाका लागि तीन खेलाडीले अर्धशतक पूरा गरे। जसमा मार्कुस ह्यारिसले सर्वाधिक ७० रन बनाउँदा एरोन फिन्चले ५० तथा ट्राभिस हेडले ५८ रन बनाए। पहिलो दिन ह्यारिस र फिन्चले पहिलो विकेटका लागि १ सय १२ रनको साझेदारी गरेका थिए।

भारतका इशान्त शर्माले सर्वाधिक ४ विकेट लिए। पहिलो इनिङमा ३ सय २६ रनको उच्च स्कोर पछ्याउने क्रममा भारत सुरुवातमा नै दुई विकेट गुमाउँदै दबाबमा आएको थियो।

तेस्रो ओभरको अन्तिम बलमा मिसेल स्टार्कले मुरली विजयलाई शून्य रनमा पेभिलियन पठाउँदा छैटौँ ओभरमा केएल राहुललाई पनि हेजलउडले २ रनमा आउट गराए। राहुल र विजय आउट भएपछि क्रिजमा चेतेश्वर पुजारा र कप्तान विराट कोहली मैदानमा आएका थिए।

पुजारा २४ रनको अवस्थामा आउट भए। पुजाराले कोहलीसँग तेस्रो विकेटका लागि ७४ रनको साझेदारी गरे। पुजारा आउट भएपछि क्रिजमा आएका रहाणेले कप्तान कोहलीसँग दिनको खेल सकिँदासम्म चौंथो विकेटका लागि ९० रनको साझेदारी गरिसकेका छन्।