खोटाङ । जन्ती जानेक्रममा बेपत्ता भएका खोटाङका एक वृद्ध चार दिनपछि मृत फेला परेका छन्।


ADVERTISEMENT


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बसेखाका ७८ वर्षीय गजुरमान राई शनिबार मृत फेला परेका हुन्।


ADVERTISEMENT

# # #


दोर्पाचिउरीडाँडा दुम्लीमा गाँउले भतिजाको जन्ती गएका राई खोजी गर्नेक्रममा मृत अवस्थामा फेला परेको उनका भतिजा धु्रबविक्रम राइले बताए।

तेश्रो साना सहरी खानेपानी आयोजना दिक्तेलका अध्यक्ष समेत रहेका रार्ई दुम्लीकै च्याङ्सी खोलामा बस्तीदेखि करिब डेढ सय मिटर टाढा मृत अवस्थामा फेला परेको भतिजा राइले बताए। मृतक राईको शव पोष्मार्टमका लागि जिल्ला अस्पताल दिक्तेल राखिएको छ।