मुक्तक -१


ADVERTISEMENT


एकै नजर परेपछि, सबका मनमा छाउने भैछौ
मुख्य कुरा बाँकी नै होस, अन्लाइनमा आउने भैछौ
अनौठा खाले फोटा देख्छु, लुगा उस्तै छोटा देख्छु
नेटमा भुल्थ्यौ मस्तसित,अचेल चश्मा लाउने भैछौ ।


ADVERTISEMENT

# # #


मुक्तक-२

मेनका भनूँ या उर्वशी, न सुहाउँद‍ो उपमा भेट्छु ?
सँगको जोडी भनाउँदो, खाडीको चर्को धूपमा भेट्छु
प्रयोगवादी हुँदै गैछ्यौ, सबको मन छुँदै गैछ्यौ
तिम्लाई हेरे नेटमा पनि, अचेल नौला रुपमा भेट्छु ।

मुक्तक -३

कसम थियो जुनी भरको, कसले कुरा भरेछ र
सारा तालमेल मिल्दै थियो, थोरै लगन टरेछ र
योजना सबै फेल भए, नौजालेका खेल भए
तिमी मैसित हुन्थ्यौ होला, थोरै ‘बितल’ परेछ र !

मुक्तक-४

तिम्रो बाटो कुर्दा-कुर्दै, आशै पनि सेलाइसक्यो
बाध्यता र विवशताले, झेल्नु हण्डर झेलाइसक्यो
फेरि यी दिन कहाँ आउनु, यस्तै जीवन कहाँ पाउनु ?
थाहै नदिइ समयले, चिप्लेटी पो खेलाइसक्यो ।

मुक्तक- ५

ओंठमा तिम्रो मुस्कान भए, मेरो मनको दु:ख भाग्छ
तिम्लाई कतै विपत् परे, पहिले जस्तै माया जाग्छ
सपनाभरी आइरन्छ्यौ, यादभरी सताइरन्छ्यौ
तिमी कसैकी भए पनि, अझै मलाई ‘उस्तै’ लाग्छ ।

✍ गोम बिक्रम
[email protected]
कल्लाबारी, पाल्पा ।