काठमाडौं । नेकपा प्रतिनिधिसभा सदस्य पम्फा भुसालले पनि घरभाडावापत आफूलाई आएको रकम कट्टा गर्न अनुरोध गरिसकेको बताएकी छिन् ।


ADVERTISEMENT


काठमाडौंमै घर भएर पनि संसद सचिवालयबाट घरभाडा लिइरहेको सूचीमा सांसद भुसालको पनि नाम रहेको प्रचार भएपछि उनले घरभाडा कट्टा गर्न अनुरोध गरेको प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएकी छिन् ।


ADVERTISEMENT

# # #


विज्ञप्तिमा लेखिएको छ, ‘काठमाडौं उपत्यकामा घर भएर भाडा लिएका सांसद्को सूचीमा मेरो समेत नाम आएकोमा म आश्चर्यमा परेको छु । संसद् सचिवालयमा मेरो घर भएको उल्लेख गरेको हुँ । संसद् सचिवालयले एकमुष्ट तलबभत्ता बैंकमा राखिदिने र त्यसको विवरण नभएका कारणले घरभाडा त्यसमा राखिएको भन्ने मलाई जानकारी पनि भएन । जानकारी पाएपछि संसद् सचिवालयमा गएर सांसद् हुँदा घरभाडा वापत आएको सबै रकम कट्टा गर्न मैले अनुरोध गरिसकेको छु ।

उनले आफूले घरभाडावापत भत्ता लिइरहेको आफैलाई जानकारी नभएको बताएकी थिइन् । उनले आफू आर्थिक रुपमा पारदर्शि भएको पनि विज्ञप्तिमार्फत स्पष्ट पारेकी छिन् । यसअघि नेकपाका सांसद योगेश भट्टराईले पनि आफूले घरभाडावापत लिएको रकम फिर्ता गर्न अनुरोध गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेका थिए ।

काठमाडौंमै घर भएका सांसदले पनि संसद सचिवालयबाट घरभाडा लिइरहेको समाचार प्रकाशन भएपछि सांसदहरुको चौतर्फी विरोध भएको थियो ।