काठमाडौँ– नेविसंघका अध्यक्ष नैननसिंह महरको प्रस्तावले नेपाली कांग्रेसको महासमितिको बैठकमा हंगामा मच्चिएको छ । आइतबार आफ्नो धारणा राख्दै अध्यक्ष महरले ३ पटक सांसदको टिकट पाइसकेका र ३ पटक केन्द्रीय सदस्य बनिसकेकाहरुले अब नयाँलाई बाटो खुला गरिदिनुपर्ने प्रस्ताव राखे ।


ADVERTISEMENT


लामो समयसम्म पनि एउटै पदमा बसिरहेकाहरुले अब आफ्नो ठाउँ खाली गरेर नयाँलाई स्थान दिनुपर्ने उल्लेख गरे ।  ‘तीन पटक लगातार पार्टीको तर्फबाट सांसदको लागि टिकट पाएका अग्रजहरुले बाटो खाली गरेर नयाँलाई अवसर दिनुपर्छ । यति मात्रै होइन, तीन पटकसम्म केन्द्रीय सदस्यमात्रै बन्नेले त्योभन्दा बढी पटक किन बन्ने ? या त पदाधिकारी बन्नुस्, नत्रभने बाटो खाली गर्नुस्’  उनले भने ।


ADVERTISEMENT

# # #


महरको प्रस्तावमा केही पूराना नेताहरु सकारात्मक नदेखिए पनि नयाँ नेतामा उत्साह जागेको छ । उनको प्रस्ताव दुई तिहाई सदस्यहरुले समर्थन जनाएका छन् ।

यस्तै उनले कांग्रेसको सक्रिय सदस्य भइसकेपछि आर्थिक रुपमा पारदर्शिता देखाउनु पर्ने बताए । उनले भने, ‘पार्टीमा आर्थिक अनुशासन पालना गर्नुपर्छ । त्यसका लागि सक्रिय सदस्य भएपछि सबैले आर्थिक पारदर्शिता पेश गर्नुपर्छ ।’

महरले केन्द्रीय समितिको आकारलाई बढाउन जरुरी भएको बताए । १५१ को हाराहारीमा कसैलाई सिण्डिकेट लगाउनु पर्ने जरुरी नभएको भन्दै उनले पार्टीमा सबैको पहुँच स्थापना गर्नुपर्ने धारणा राखे । शनिबारदेखि सुरु भएको महासमितीको बैठकमा ४० जनाभन्दा बढी सदस्यले आफ्नो धारणा राखिसकेका छन् ।