काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले भृकुटीमण्डपको खुलाबजार हटाएर स्थायी कक्ष (सेमि–परमानेन्ट स्टल) राख्ने बताएका छन् ।


ADVERTISEMENT


काठमाडौँ निम्न व्यापारी सङ्घ भृकुटीमण्डप खुलाबजारको २६औँ स्थापना दिवसमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले खुल्लाबजारलाई व्यवस्थित गर्नका लागि स्थायी कक्ष राखिने बताए ।


ADVERTISEMENT

# # #


निर्वाचनका बेला जनतासँग गरिएका प्रतिबद्धता पनि सरकारले क्रमशः पूरा गर्दै लैजाने उनको भनाइ रहेको थियो । मन्त्री थापाले संविधान र कानूनमा भएका विषयलाई कार्यान्वयनका लागि नीति बनाएर अघि बढाउने क्रममा सरकार रहेको भन्दै जनताको हक र हितका लागि नै सरकार केन्द्रित रहेको धारणा राखे। सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद ओलीले भृकुटीमण्डपको खुलाबजारलाई व्यवस्थित बनाउनुपर्ने बताए ।