काठमाडौं । २०१९ को अप्रिलदेखि जापानले नेपाली कामदार लैजाने भएको छ।


ADVERTISEMENT


जापानले विभिन्न ९ देशका विदेशी कामदारलाई आफ्नो देशमा काम गर्न र बसोबास गर्न सहज हुनेगरी कानुन परिमार्जन गरेसँगै नेपाली कामदारसमेत जापान जान पाउने भएका हुन्।


ADVERTISEMENT

# # #


गत साता मात्र संशोधन भएको अध्यागमन नियन्त्रण कानुनले बढीभन्दा बढी विदेशीलाई राष्ट्रिय श्रम शक्तिमा जोड्ने योजना जापानले अघि सारेको हो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा गोपाल साउदले लेखेका छन्।

वैदेशिक रोजगार विभागका अनुसार गएको कात्तिकसम्म २२ हजार ७ सय १२ जना नेपाली कामदार श्रम स्वीकृति लिएर जापान गइसकेका छन्।

जापानमा काम गर्ने नेपाली श्रमिकको न्युनतम पारिश्रमिक मासिक दुई लाख रुपैयाँ भन्दा धेरै कमाउने गरेका छन्।