काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी समितिको बैठकमा अधिकांश नेताहरूले अध्यक्षद्वयको दस्तावेज अमुर्त र जिवन्त नभएको बताएका छन् । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न स्थायी समिति बैठक बसेको हो ।


ADVERTISEMENT


आजको बैठकमा आठ जना स्थायी समिति सदस्यहरुले प्रतिवेदनमाथि आफ्नो धारणा राखेका थिए । उनीहरुले पार्टी एकतामा ढिलाई गर्न नहुने सुझाव दिंदै सरकारको काम प्रति असन्तुष्टी व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


बैठकमा रघुजी पन्त, रघुवीर महासेठ, बर्षमान पुन, लेखराज भट्ट, देव गुरुङ, भीम आचार्य, पुष्प कडेल र सुरेन्द्र पाण्डेले बोलेका थिए। प्रत्येक सदस्यलाई धारणा राख्नको लागि २० मिनेटको समय दिइएको थियो । मंगलबारको बैठकमा पनि आठ जना सदस्यले आफ्नो धारणा राखेका थिए ।

आजको बैठकमा दुई अध्यक्षको प्रतिवेदनमाथि असन्तुष्टी जनाउँदै नेताहरुले सरकारको चर्को आलोचना गरेका छन् ।

मंसिर २९ बाट सुरू भएको बैठकमा बुधबारसम्म २६ जना सदस्यले धारणा राखिसकेका छन् । ४५ जनाको स्थायी समितिमा अझै १९ जना सदस्ये आफ्नो धारणा राख्न बाँकी रहेको स्थायी समितिको सदस्य लेखराज भट्टले बताए ।