काठमाडौँ– काठमाडौँमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर प्रवेशका लागि आज भएको खेलमा चितवन टाइटर्सले भैरहवा ग्लाडियटर्ससामू १४० रनको चुनौति पशे गरेको छ ।


ADVERTISEMENT


दीपेन्द्र सिंह ऐरीले लय समातेपछि त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १३९ रन बनायो । चितवनका लागि एकतिर विकेट पतन भइरहदा दीपेन्द्र सिंह ऐरीले एकतर्फ इनिङ सम्हालेर टिमलाई मध्यम स्कोरमा पुर्याएका हुन् । उनले ४५ बलमा ६ चौका र एक छक्काको मदतमा ५६ रन बनाएर आउट भए ।


ADVERTISEMENT

# # #


उनले भैरहवाका बलर रायन टान डेस्काटाको एकै ओभरमा लगातार चार चौका प्रहार गरेका थिए । यसअघि पउल स्टर्लिङले ७ बलमा १४ तथा जोहन सिम्पसोनले १५ बलमा १४ रन बनाए ।

यस्तै कमलसिंह ऐरीले दीपेन्द्रलाई साथ दिने क्रममा २ चौकाका साथ ११ बलमा १४ रन बनाएर आउट भए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

यता भैरहवाका लागि मोहम्मद नाभिदले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २४ रन खर्चिए । यस्तै अभिनास बोहराले २ विकेट लिँदा रायन टेन डेस्काटे, कृष्ण कार्की र भुवन कार्कीले १/१ विकेट लिए ।
दुबै टोलिलाई आज गर या मरको स्थिति रहेको छ । विजेटा टिमले बिहीबार फाइनल प्रवेशका लागि काठमाडौँ किंस ११ विरुद्ध खेल्नेछ । यसअघि ललितपुर फाइनल प्रवेश गरिसकेको छ ।