काठमाडौं । एभरेष्ट प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायरमा बिहीबार काठमाडौं किंग्स् इलेभेन र भैरहवा ग्लाडिटर्स खेल्दैछन् ।


ADVERTISEMENT


कीर्तिपुर मैदानमा हुने यो खेल बिहान साढे एघार बजे सुरु हुनेछ । पहिलो क्वालिफायरमा जित हात पारेको भैरहवा ग्लाडियटर्स र प्लेअफमा पराजित काठमाडौंबीचको विजेताले उपाधिका लागि ललितपुर प्याट्रियोट्ससँग खेल्नेछ ।


ADVERTISEMENT

# # #


बुधबार भएको खेलमा भैरहवाले चितवनलाई चार विकेटले हराएको थियो । यसअघि लिग चरणको खेलमा काठमाडौंले भैरहवालाई सात विकेटले हराएको थियो । भैरहवाले दिएको १५० रनको लक्ष्य काठमाडौंले पाँच बल बाँकी छँदै मात्र तीन विकेट गुमाएर पूरा गरेको थियो । जुन खेलमा अमित श्रेष्ठले अर्धशतकीय योगदान दिए ।

भैरहवाले दिएको लक्ष्य भेटाउनका लागि रोहन मुस्ताफा र केभिन ओ ब्राइनले पनि राम्रो ब्याटिङ गरेका थिए । भोलीको खेलमा पनि अमित, मुस्ताफा, ओ ब्राइनको प्रदर्शन महत्वपूर्ण रहनेछ । बलिङतर्फ भारतीय खेलाडी प्रदीप साहु र केभिन ओ ब्राइनको प्रदर्शनमा काठमाडौं निर्भर रहनेछ ।

तर सोमपाल कामीको इन्ज्युरी भने काठमाडौंलाई महँगो पर्न सक्नेछ । यता भैरहवाको भविष्य रवि इन्दर सिंहको ब्याटिङ्मा निर्भर रहनेछ । प्रतियोगितामा एउटा शतकसहित २७७ रन बनाएका रवि उत्कृष्ट फर्ममा छन् । भैरहवाको जितमा उनको ब्याटिङ महत्वपूर्ण रहँदै आएको छ । त्यसबाहेक नेदरल्याण्डका खेलाडी रायन टेन डोस्चेटको प्रदर्शन पनि महत्वपूर्ण रहनेछ ।

बलिङमा भने भैरहवाका मोहम्मद नभिद र अविनाष बोहरा राम्रो फर्ममा देखिएका छन् ।