काठमाडौं । अमेरिकाले सिरियामा तैनाथ आफ्ना स्थल सेना फिर्ता बोलाउन थालेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सिरियामा बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) पराजित भएको भन्दै अमेरिकी स्थल सेना फिर्ता लैजान थालेको हो ।


ADVERTISEMENT


अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सिरियामा बिद्रोहीविरुद्धको कारवाही अभियानको अर्को चरणबारे तायरी गरिरहेको बताएको छ । तर उसले नयाँ चरणबारे केही बताएको छैन ।


ADVERTISEMENT

# # #


सिरियाको उत्तर–पूर्वी क्षेत्रमा स्थानीय सैनिकलाई आइएसविरुद्धको संघर्षमा सहयोग गर्न दुई हजारको हाराहारीमा अमेरिकी स्थल सेना तैनाथ थिए ।

आइएस पराजित भएको निष्कर्षमा पुगे पनि फेरि उसले आफ्ना गतिविधि बिस्तार नगरोस् भन्नका लागि सीमित अमेरिकी सैनिक सिरियामा रहने सम्भावना छ ।

यसबारे सुरक्षा अधिकारीले छलफल गरिरहेको बुझिएको समाचार संस्था रोयटर्सले जनाएको छ । अमेरिकाले आफ्ना सेना फिर्ता लैजानुको अर्थ सिरियामा रुस तथा इरानको प्रभाव बढ्ने माध्यम बनाउने मार्ग पनि बन्न सक्ने चिन्ता रहेको छ ।

पेन्टागन तथा राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा अमेरिकी स्थल सेना फिर्ताको प्रक्रिया सुरु भइसकेको उल्लेख छ । तर विस्तृत विवरण भने दिइएको छैन ।