श्याम ठाकुर, लहान– कटुवा पेस्तोल सहित एक जना लाई प्रहरीले पक्राउ गरेको छ।


ADVERTISEMENT


प्रहरीले सिरहाको सखुवानन्कारकट्टी गाउपालिका १ लतियाहीमा विशेष सुराकीको आधारमा सोहि गाउमा बस्ने वासुदेव खत्वे मण्डलको छोरा २७ वर्षीय चोरी मुद्दाका फरार अभियुक्त रबिन्द्र कुमार मण्डललाई मंगलबार साँझ पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


लतियाही चौक मौवाही मिर्जापुर भित्री सडक खण्डमा पक्राउ गरि शरीर चेक जाँच गर्ने क्रममा मण्डलको साथ बाट एक नाले कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

पेस्तोल सहित पक्राउ परेका मण्डललाई ईलाका प्रहरी कार्यलय लहानमा राखी थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ।