काठमाडौँ– नेपाल प्रहरीले अपराध अनुसन्धानमा सहयोग पुग्ने अत्याधुनिक उपकरणजडित गाडी ‘मोबाइल फोरेन्सिक इन्भेष्टिगेसन भ्यान’ भित्र्याएको छ ।


ADVERTISEMENT


अपराध हुँदा सूक्ष्मरुपले अनुसन्धान गर्न मिल्ने उक्त भ्यान प्रहरी प्रधान कार्यालय काठमाडौँले आज महानगरीय प्रहरी अपराध माहाशाखा टेकुलाई हस्तान्तरण गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मोबाइल भ्यानमा अपराध अनुसन्धानका लागि अत्यावश्यकपर्ने आधुनिक उपकरण जडान गरिएको जानकारी दिए ।

उहाँले महानगरीय प्रहरी अपराध माहाशाखा टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहलाई आज भ्यानको साँचो हस्तान्तरण गर्दै सङ्गठनलाई साधन स्रोत तथा प्रविधियुक्त बनाउन सङ्गठनको प्राथमिकता रहेको बताए।

यस्ता प्रविधिलाई प्रदेशमा पनि विस्तार गर्दै लैजाने उनको भनाइ छ । उनले अनुसन्धानमा खटिने प्रहरी अधिकृतले यस्ता प्रविधिको भरपुर सदुपयोग गर्न निर्देशन दिए ।

उक्त अवसरमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान तथा कार्य विभागका तर्फबाट प्रहरी नायब महानिरीक्षक सूर्यप्रसाद उपाध्यायले भ्यानको विशेषताबारे जानकारी दिँदै अपराध अनुसन्धानलाई थप प्रभावकारी र वैज्ञानिक बाउने विश्वास व्यक्त गरे ।

रु ९६ लाखमा खरीद गरिएको उक्त भ्यानमा रु ४६ लाख बराबरका १६ प्रकारका अनुसन्धान उपकरण जडान गरिएको छ ।