काठमाडौं– नेपालका लागि रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाईल प्रा लिले रेनो कार प्रेमीहरुका लागि रेनो एक्सचेन्ज क्याम्प आरम्भ गरेको छ । कम्पनीले पुष ५ गतेदेखि पुष ८ गतेसम्मका लागि रेनोको सोरुम थापाथली र नक्साल , काठमाडौँ र भक्तपुरमा क्याम्प सुरु गरेको हो ।


ADVERTISEMENT


‘‘पुरानो छोडौँ ! नयाँ गुडाऔँ ’’ भन्ने ट्यागलाईनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


रेनोको क्विड, डस्टर र क्याप्चर मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले ग्राहकलाई तुरुन्त मुल्यांकन र एक्सचेन्ज, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग, निशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, इजी फाइनान्स सुबिधा लगायत सेवा उपलब्ध गराएको छ । ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभ गरे बापत आकर्षक उपहार जित्ने कम्पनीले जनाएको छ  ।

रेनो एक्सचेन्जले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्नेछ ।