नवलपरासी । नेपाल बिद्याथी संघ जिल्ला कार्य समिती नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम ) शाखाले नेपाली कांग्रेस नवलपरासीको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ । पार्टीको परासी स्थित कार्यालयमा संघका अध्यक्ष राजन भण्डारीको नेतृत्वमा रहेको नेविसंघको टोलीले कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको हो ।


ADVERTISEMENT


पार्टीको नेतृत्वपक्तीले नेपाल विद्यार्थी संघलाई गुप उपगुट र बिभाजित बनाएको आरोप लगाउदै तालाबन्दी गरिएको भण्डारीले जानकारी गराए । संघलाई बिधी बिधान अनुरुप चल्ने वातावरण बनाउनुपर्ने माग गरिएको छ ।


ADVERTISEMENT

# # #


जिल्लामा नेपाल बिद्यार्थी संघ दुई समुहमा बिभाजित छन् । पहिलो, केन्द्रिय अध्यक्ष नैनसिँह महरले गत साउन १८ गते संयोजक बनाएर तीन महिना भित्र अधिबेशन गराउने म्यान्डेट पाएको भण्डारी नेतृत्वको समुह र अर्को, नेबिसंघ प्रदेश ५ का संयोजकले आफूलाई चिठी दिएको दाबी गर्ने दधीराम पौडेलको समुह ।

यद्यपी केन्द्रीय अध्यक्षको चिठीका अगाडी प्रदेश संयोजकको चिठी अबैधानिक ठहरिने नेबिसंघको बिधानमा उल्लेख छ ।